शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित
उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत ३, २०७९
ram-saya-yadav
काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो । ३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले शाक्य र झालाई पछि पारेर निर्वाचित हुनुभएको हो । शाक्यले १६ हजार ३२८ मतभार ल्याउनु भएको थियो भने झाले २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो । साढे ३ बजेबाट मतगणना गरिएको थियो । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ । संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचनमा भाग लिएनन् । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन् । त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद रहेका छन् । संघीय संसदका दुबै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन् । त्यसमध्ये संघीय संसदका सांसदको ३ सय ११ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो । मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो । वर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनको दोस्रो पटकको कार्यकाल सकिन लागेकाले त्यसअघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन भएको हो । ईमेजखबर
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP