शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मुना स्मृति अक्षयकोषद्धारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (तस्बिर सहित)
मुना स्मृति अक्षयकोषद्धारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत ६, २०७९
DSC_0137
जलजला । पर्वतको जलजला गाउँपालिका -७, स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्य र उहाँको धर्मपत्नी सीता आचार्यले छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । वार्षिक परिक्षा २०७८ मा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने २०जना विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत झोला र शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मकुन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अक्षयकोषबाट विद्यालयका १७ जना शिक्षकहरुलाई पनि झोला वितरण गरिएको छ । अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थी मध्य वार्षिक परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्राछात्रा र एक÷एक जना उत्कृष्ट दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको विद्यालयका प्रधानाध्यापक आचार्यले बताउनुभयो ।छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि एनआरएनएका अध्यक्ष आचार्यले आफ्नो जन्म स्थानको शैक्षिक र सामाजिक विकासमा हातेमालो गर्ने बताउनुभयो । सामुदायिक विद्यायमा अध्ययनरत बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पालिकाका सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि आगामी नयाँ शैक्षिक सत्रदेखि नयाँ योजना कार्यान्वनय गरिने बताउनुभयो । सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि,पूर्वाधार विकास र व्यवस्थापकीय सुधारका लागि पालिकाले योजना निर्माण गर्न लागेकाले अभिभावकहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि अव जलजला एकपटक जुरुक्क उठ्नुपर्ने बताउनुभयो । स्वर्गीय मुना पौडेल आचार्यको स्मृतिमा आचार्य परिवारले २०६६ सालमा विद्यालयमा तिनलाख ३५ हजार दुईसय ९८ रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको र आगामी दिनमा अक्षयकोषलाई वृद्धि गरिदै लैजाने योजना रहेको कोषका अध्यक्ष एकनारायण पौडेलले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि आचार्यको अध्यक्षता,शिक्षक डिल्लीराम पौडेलको संचालन र प्रअ आचार्यको स्वागतमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  २०:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP