शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • शक्ति र शासनलाई विकेन्द्रित गर्न संघीयता आएको हो : मन्त्री जुग्जाली 
शक्ति र शासनलाई विकेन्द्रित गर्न संघीयता आएको हो : मन्त्री जुग्जाली 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत ७, २०७९
IMG_8843
म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शासन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जुग्जालीले विभेद परेको वर्ग, समुदाय, भूगोल र लिङ्गंको हितका लागि संघियता, गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था आवश्यक परेको बताउनुभयो । “केन्द्रित भएको शक्ति र स्रोतलाई विकेन्द्रित गरेर जनता सम्म पु¥याउन संघीयता ल्याएको हो,” उहाँले भन्नुभयो “अहिले जे जति राजनीतिक उपलब्धि हाँसिल भएको छ यसको रक्षा नगरीकन पछि र विभेदमा परेकाहरुको एक÷एक समस्या समाधान हुदैन् ।” गणतन्त्र र समावेशी व्यवस्थापछिनै नेपालको नीति निर्माण तहमा दलित, महिला, आदिवासी जनजाती समुदायको उपस्थिति बढेको बताउदै उहाँले संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्दै राजनीतिक र प्रशासनिक क्षेत्रमा अग्रसर बन्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो । मन्त्री जुग्जालीले दलित समुदायको आयआर्जन सुधारका लागि साना र मझौला उद्यम सञ्चालन गर्नेलाई प्रोत्साहन गरिने बताउदै परम्परागत सिपको संरक्षणसँगै व्यवसायिक बनाउन सघाउने प्रतिवद्धता जनाउनुभयो । अर्थतन्त्रलाई उकास्न सरकारले उद्योग, कृषि र पर्यटनमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । “नेपालमा पर्यटन, कृषि र साना तथा मझौला उद्योगको विकास मार्फत आर्थिक अवस्था सुधार गर्न सकिन्छ,” उहाँले भन्नुभयो “सरकारले अब यही तीन क्षेत्रमा जोड दिएर नीति, बजेट र योजना बनाउँछ ।”म्याग्दीमा अधकल्चा र अधुरा अवस्थाका आयोजनालाई पूर्णता दिन समन्वयात्मक भूमिका र पहल गरिएको बताउनुभयो । जिल्लामा भित्रिएका आयोजनाको सामुहिक स्वामित्व लिने गरेर कार्यान्वयनमा जुट्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित समुदायका अगुवा टेकबहादुर विश्वकर्मा र मनबहादुर चर्माकारले जातीय आधारमा व्यापार व्यवसायबाट बञ्चित गराउने समस्या देखिएको बताउनुभयो । कानुन व्यवसायी प्रेमबहादुर कार्की, राजनीतिकर्मी अजयमिलन श्रेष्ठ र मानवअधिकारकर्मी राम्जीप्रसाद सुवेदीले समाज विकासको क्रमसँगै विभेद घटेको र शैली फेरीएको औल्याउनुभयो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विभेद विरुद्धको कानुन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्य पुस्कर बि.क. र केन्द्रीय सदस्य खरमाया बिटालुले कानुनी अधिकारको प्रयोग गरेर विभेदजन्य घटनाको प्रतिकार गर्नुपर्ने बताउनुभयो । दलित अगुवा लालु किसानले कानुन र संविधानमा व्यवस्था भएको अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका जनप्रतिनिधी र विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वमा पुगेका दलित समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका अध्यक्ष पदम किसानले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  २१:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP