शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए
म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत १०, २०७९
IMG_1175 copy
बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा चालु आवको आठ महिनामा बेनी नगरपालिकामा १३, अन्नपूर्णमा ६, मालिकामा ५, रघुगंगामा ४, मंगलामा ४ र धवलागिरीमा ३ जना क्षयरोगका विरामी भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले जानकारी दिनुभयो । म्याग्दीमा गत आर्थिक बर्षमा ५८ जना क्षयरोगका विरामी भेटिएका थिए । त्यस्तै २०७७÷७८ मा ४८ जना क्षयरोगी पत्ता लागेका थिए । कार्यालय प्रमुख लम्मासलले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट पिडित भएकाहरु उपचारको लागि नआउने, नियमित रुपमा औषधी सेवन नगर्ने समस्याहरु रहेको भन्दै जनचेतना फैलाउन आबश्यक रहेको बताउनुभयो । उहाँले क्षयरोगबाट पिडित भएका १ व्यक्तिबाट बर्षमा १० जना सम्म थप संक्रमित हुन सक्ने खतरा भएकाले दुई हप्ता भन्दा बढी समयदेखि खोकी लाग्ने, खकारमा रगत देखिने लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य परिक्षण गरि उपचार गर्न आग्रह गर्नुभएको छ। बेनी अस्पताल, दरवाङ स्वास्थ्य केन्द्र, र शिख स्वास्थ्य चौकीमा क्षयरोग पहिचान गर्न सकिने व्यवस्था रहेको छ । स्वाथ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले स्वास्थ्यकर्मीको सुझाब अनुसार क्षयरोगीले औषधी सेवन गरेमा थप रोग फैलनबाट रोक्न सकिनेमा बताउनुभयो । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ । नेपाल सरकारले आगामी आव २०८२÷८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा शिनियर अहेव अधिकृत सोमनाथ उपाध्यको स्वागत तथा सूचना अधिकारी सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १९:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP