शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनभेटघाटमा सांसद जुग्जाली
जनभेटघाटमा सांसद जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २०, २०७९
334187894_967047331129212_4914906437618779965_n
निस्कोट । म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली जनभेटघाट अभियान सञ्चालन गर्नुभएको छ । केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएपछि पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र सर्वसाधारणसँग भेटघाटका लागि गाउँ पुग्नुभएको हो । “अहिले संसद चलेको छैन, निर्वाचन लगत्तै राजनीतिक कामले निर्वाचन क्षेत्रका सबै ठाउँमा पुग्न सकेको थिइन,” उहाँले भन्नुभयो “संसद नचलेको फुर्सदको समयलाई सदुपयोग गरेर मतदातालाई धन्यवाद दिने । समस्या, आवश्यकता संकलन तथा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफलका लागि गाउँ अभियानमा निस्किएको छु ।” जुग्जालीको टोलीले आइतबार मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा स्थानीयबासी र नेता कार्यकर्ताहरुलाई भेटघाट गरेर धन्यवाद दिनुका साथै प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेसका म्याग्दी प्रदेश ख का सभापति समेत रहेका निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुन, नेपका माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन लगायत सहभागी हुनुभएको थियो । मालिका गाउँपालिकाको रुम, ओखरबोट, देविस्थान, दरवाङ र धवलागिरीका वडाहरुमा पनि जाने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०९:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP