शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २५, २०७९
motilal paudel 1
म्याग्दी। नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस्यहरुमा प्रेम गिरि, दलबहादुर खड्काथोकी, बालकृष्ण हरमेल, नन्दबहादुर खत्री, कृष्ण खत्री, बमबहादुर केसी, हिराबहादुर कुँवर, रहमद खान, लोकबहादुर पाईजा रहेको समिति गठन गरिएको महासंघ गण्डकी प्रदेश सदस्य सुर्वण रिजालले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष पौडेलले ब्यवसायीको हकहित र उद्योग र ब्यापारमा भएका समस्याको समाधान गर्न पहल गर्ने प्रतिवद्धता गर्नुभएको थियो । जिल्लाका उद्योगी र ब्यापारीहरुको उपस्थितमा गरिएको प्रथम भेलालाई सम्वोधन गर्दै नेपाल उद्योग ब्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष जनकराज पराजुलीले उद्योगी र ब्यापारीहरुको समस्याहरु पहिचान गरेर प्रदेश र संघ सरकार समक्ष नीति नियम निर्माणको तहमा परिमार्जनका लािग महासंघले पहल गरिरहेको बताउनुभयो । उहाँले बैंकको ब्याजदर बृद्धिले ब्यवसायबाट ब्यापारी पलायन हुने समस्या बढेको छ । यसलाई रोक्न सरकार समक्ष पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष पराजुलीले विदेशबाट मात्र सामानहरु लिएर विक्रि गरेर अर्थतन्त्र सुध्रिदैन, स्थानीय स्रोतसाधन प्रयोग गरेर उत्पादन गरिएका सामानहरुको प्रयोग गर्ने नीतिनियम निर्माण गर्न महासंघले सरकारलाई ध्यानाकर्षण गराएको बताउनुभयो । भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्यद्वय रेशम जुग्जाली र हरी भण्डारीले उद्योगी र ब्यापारीको पक्षमा आवश्यक नीति निर्माण परिमार्जन गर्नमा पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । त्यस्तै महासंघका प्रदेश महासचिव गोविन्द बहादुर थापाले ब्यावसायी विचको एकताले उद्योग र ब्यापार क्षेत्रका समस्याहरु समाधान गर्न सहयोग पुग्ने बताउनुभयो । प्रदेश सदस्य सुर्वण रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन ब्यवसायी सन्दिप खत्रीले गर्नुभएको थियो । भेलामा उपस्थित ब्यवसायीले आयातित सामानहरुको ब्यापारले देशको अर्थतन्त्र सुधार गर्न नसकिने बताउदै जनताका आवश्यक सामाग्रीहरु स्वदेशमै उत्पादन गर्ने उद्योग स्थापना गर्न सरकार समक्ष पहल गर्नका लागि महासंघलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य तुलसी पराजुलीको उपस्थित रहेको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २०:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP