शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोत्रवाङ, खुम्याह, कुहुँ र हिदीमा सांसद जुग्जालीको जनभेटघाट
कोत्रवाङ, खुम्याह, कुहुँ र हिदीमा सांसद जुग्जालीको जनभेटघाट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २७, २०७९
337567583_1680778432382050_6397171039560992176_n
बेनी । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई स्थानीयबासीहरुले सडक, खानेपानी, सिचाई, पदमार्ग र पर्यटन सँग सम्बन्धी योजना माग गरेका छन् । कोत्रवाङबासीले सिचाई आयोजनालाई व्यवस्थित बनाइदिन माग गरेका छन् । कोत्रवाङवासीले खानेपानीको समस्या भएको दुखेसो पोखे । हिदीबासीले सडक स्तरोन्नति र मालिका धुरी जोड्ने पदमार्ग बनाउन, कुहुँबासीले खानेपानी, सिचाई र पदमार्गको योजना माग गरेका थिए । सांसद जुग्जालीले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक समेत रहनुभएका जुग्जाली सहित नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख) सभापति टंकप्रसाद पुन, माओवादी नेताहरु मोतिलाल पौडेल, अनुप गौचन, अर्जुन शाही लगायत जनभेटघाट अभियानमा सहभागि हुनुभएको थियो । केन्द्रिय राजनीतिमा नयाँ समिकरण बनेपछि गण्डकीमा पनि गठबन्धनको नयाँ सरकार गठनको तयारी भएको बताउदै पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका जुग्जालीले चुनाव लगत्तै राजनीतिक कामले पोखरा र काठमाडौ जानु परेकाले मतदातालाई धन्यवाद दिन सबै गाउँ टोलमा पुग्न नसकेको र अहिले संसद नचलेको समयमा जनतामाझ आएको बताउनुभयो ।चुनावमा गरेको वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको जुग्जालीले बताउनुभयो ।    
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०७:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP