शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता सुरु (फोटो फिचर)
अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २७, २०७९
IMG_1678
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । सांसद गर्बुजाले युवाहरुको प्रतिभा पहिचान ,खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनमा पालिका,प्रदेश र संघ सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपुर्ण भुमिका रहने उहाँले बताउनुभयो । निर्वाचित भएपछि आफुहरु जिल्लामा अलपत्र विकास आयोजनाहरुलाई सुचारु गर्न र निर्माणधिन आयोजनाहरुलाई तिब्रता दिन पहल गरिरहेको जानकारी गराउँदै जिल्लाको समग्र विकासका लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले स्थानीय सरकार र जनतालाई असहयोग गर्नुका साथै दुःख दिने गरेकाले यसलाइै खारेज गर्नुपर्ने आवाज उठेको भन्दै सांसद गर्बुजाले यसबारेमा आफुले पनि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा निवर्तमान मन्त्रि रेशम जुग्जाली,हरी भण्डारी,विमला गौचन,जिसस प्रमुख राजकुमार थापा,धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका सभापति कृष्णप्रसाद बरुवाल,नेकपा एमालेका पालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा,वडा नम्बर ७ का अध्यक्ष मइलन पुर्जा,पूर्व वडा अध्यक्ष गम बहादुर फगामी,पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निदेश केसी लगायतले खेलकुद प्रतियोगिताले खेलप्रतिभाको विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा वडा नम्बर १ बाट ४ टिम,२ बाट २,३ बाट ३,४ बाट ३,५ बाट ४,६ बाट ३,७ बाट ४ र ८ नम्बर वडाबाट ४ टिम गरी २७ टिमले सहभागी जनाएको पालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार मंलगबार विहान देखि लिग प्रणालीमा खेल सञ्चालन गरिने छ । खेलकुद प्रतियोगिताले पालिका स्तरमा खेलकुद क्षेत्रका विकासमा टेवा पुग्नुका साथै खेलाडीहरुको क्षमता विकासमा सहयोग पुग्ने विश्वास गरिएको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले खेलकुदले मैत्रीपुर्ण सम्बन्ध स्थापना गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः ३० र २० हजार नगद ,ट्रफी,मेडल र सम्मान पत्र प्रदान गरिने शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो । आठवटा वडालाईलाई प्रोत्साहन स्वरुप पालिकाले ५०÷५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको संचालन,पालिका अध्यक्ष पुनको अध्यक्षता र उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनको स्वागतमा प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको पहिलो दिन पालिकाका जनप्रतिनिधि र कर्मचारीकाबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनप्रतिनिधिको समुह विजयी भएको प्रमुख प्रशासकीय अधिकत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भोली मंगलबार देखि प्रतिस्पर्धात्मक खेलहरु संचालन गरिने छ ।प्रतियोगिताका अवसरमा म्याग्दीको विकासका लागि पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै जिल्लाका अग्रज पत्रकार घनश्याम खड्कालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै पत्रकार महासंघ म्याग्दीका सदस्य गणेश गुरुङ (सुरेन)लाई पनि सम्मान गरेको छ । साथै पालिकाको विकास र समृद्धिमा योगदान पु¥याएको भन्दै समाजसेवी इन्द्रसिङ शेरचन सहित निवर्तमान जनप्रतिनिधि लगायत  विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पालिकाले सम्मान गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  २१:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP