शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)
मुना,लमसुङ ,मुदी र ताकममा सांसद गर्बुजाको जनभेटघाट (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत २९, २०७९
IMG_1829
बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको धवलागिरी गाउँपलिकाका चार वटा वडामा जनभेटघाट गर्नुभएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना ,४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो ।चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद गर्बुजालाई स्थानीयबासीहरुले सडक, पुल ,खानेपानी,भवन, पदमार्ग,खानेपानी र पर्यटन सँग सम्बन्धी योजना माग गरेका छन् । मुनाबासीले भवन निर्माण, फलियागाउँ संरक्षण,ताकमबासीले अलपत्र विद्यालय भवन निर्माणलाई सुचारु गर्न,यसअघिको ताकम घना वस्ती विकास कार्यक्रमलाई निरन्तरता दिन ,लमसुङबासीले लघुजलविद्युत आयोजनालाई व्यवस्थित गरिदिन ,खानेपानी  र वस्तीलाई नदी कटानबाट जोगाउन ,सडक स्तरोन्नती ,मुदीबासीले पर्यटकीय पदमार्ग निर्माण ,विद्युतीकरण ,तातोपानी कुण्डमा शौचालय निर्माण संगै पुर्वाधार निर्माण र ढल निकास लगायत माग गरेका थिए । सांसद गर्बुजाले सम्बद्ध कार्यालय र मन्त्रालयसँग समन्वय गरेर सम्भव भए तत्कालै नभए आगामी वर्षको योजना तथा बजेटमा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जिल्लाको विकास र समृद्धीको लागि स्थानीय ,प्रदेश र संघीय सरकारविच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । चुनावमा गरेका वाचा अनुसारनै प्रतिवद्ध भएर जनताको सेवा, नीति निर्माण, विकासका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । आफुहरु निर्वाचित भएपछि जिल्लामा अलपत्र आयोजना सुचारु गर्न र निर्मााणाधिन आयोजनालाई तिब्रता दिनका लागि काम गरिरहेको सुनाउनुभयो । आफ्नो कार्यकालमा दरबाङ–मुना सडक कालोपत्रे र ढोरपाटनलाई सडकले जोड्न प्राथमिकता दिएको बताउनु भएको छ ।म्याग्दी हुँदै ढोरपाटनलाई सडकले जोड्न सकेमा मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रयत्न गरेको बताउनुभयो ।उहाँले विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । जनभेटघाट कार्यक्रममा कांग्रेस म्याग्दीका वरिष्ठ नेता तथा अधिवक्ता चिरञ्जीवि शर्मा ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,उपाध्यक्ष रेशम पुन ,वडा नम्बर २ का वडा अध्यक्ष अकप्रसाद विक, वडा नम्बर ३ का वडा अध्यक्ष देविन्द्र रोका,वडा नम्बर ४ वडा अध्यक्ष यामबहादुर घर्ती र वडा नम्बर ७ का अध्यक्ष अशोक खत्री लगायतको सहभागिता रहेको थियो । सांसद गर्बुजाले बेनी–दरबाङ सडक आयोजनाको निरिक्षण गर्नुभएको थियो । भने उहाँ संगै धवलागिरी गाउँपालिका अध्यक्ष पुन ,उपाध्यक्ष पुन र प्रम्ख प्रशासकीय अधिकृत ध्रुव रिजाल लगायतले गाउँपालिकामा निर्माणाधिन योजनाहरुको अनुगमन समेत गरेका थिए ।यसैगरी कांग्रेस म्याग्दीका आमन्त्रित जिल्ला सदस्य नेता धवलागिरी गाउँपालिका–३,फलियागाउँ स्थित स्वर्गिय चकबहादुर मल्लको स्मृतीमा श्रद्धाञ्जली सभा कार्यक्रम समेत गरिएको छ ।    
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  २१:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP