शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा
आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २८, २०७५
hastaxiyar-7

बेनी शनिबार पौष २८ गते । सुस्त गतिमा रहेको आवास पुननिर्माणलाई गति दिन स्थानीयलाई जिम्मा दिइएको छ । म्याग्दीमा आवास पुननिर्माणको कामलाई गति दिन शनिबार स्थानिय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरि प्रक्रिया अगाडी बढाइएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई , जिल्ला आयोजना कार्यान्वयन ईकाइ , जनप्रतिनिधि र सरोकारवालहरुले आवास पुर्न्निर्माणलाई जिम्मेवार बनाउन १३ बुदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


सरमुकाम बेनीमा जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले बास्तविक भुकम्प पिडितहरुलाई अनुदान पाउनबाट बञ्चित नबनाउन आग्रह गर्दै पीडित जनताको नाममा फर्जीमार्फत अनुदान लिएकाहरुको पहिचान गरि अनुदान फिर्ता गराउनुपर्ने बताउनुभयो ।


गण्डकी प्रदेशका सांसद विनोद केसीले आवास पुननिर्माणको कामलाई आगामी असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित आयोजना अगाडी बढाउन स्थानीय सरकार समेत लाग्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आवास पुननिर्माणको लागि लिएको अनुदालाई सदुपयोग गर्दै पुननिर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो ।


कार्यक्रममा उपस्थित नगर तथा गाउँपालिका प्रमुखहरुले बास्तविक भुकम्प पीडितको पहिचान गरि आवास पुननिर्माणको कामलाई गति दिन आफुहरुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

पुननिर्माणलाई गति दिन जिल्ला र स्थानीय तहमा सहजिकरण समिति गठन गरिएको छ । भुकम्पबाट क्षतीग्रस्त घरहरुको पुननिर्माणलाई समयमै सम्पन्न गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा सहजिकरण समिति गठन गरिएको छ ।
जिसस प्रमुख अध्यक्ष रहेको सहजिकरण समितिमको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला समन्वय अधिकारी, नापी कार्यालय प्रमुख, कोलेनिका प्रमुख, मालपोत कार्यालय प्रमुख, आयोजना प्रमुख , बैक प्रतिनिधि र स्थानी पुर्वाधार प्रमुख रहेका छन् ।


आावास पुननिर्माणलाई प्रंभाकारी बनाउन जिल्लाका स्थानीय तहअनुसार नगरपालिका र गाउँपालिका प्रमुखको संयोजकमा रहेको सहजीकरण समितिको उपसंयोजकमा उपप्रमुख र सदस्यहरुमा वडा अध्यक्ष, समाजसेवी, पुननिर्माण ईन्जिनियर र प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिवमा रहेका छन् ।

समिक्षा गोष्ठीमा भुकम्प लगत्तै पुननिर्माणमा छुट भएका विद्यालयलाई पुर्न्निर्माण गर्नका लागि प्राधिकरणसंग सहयोगको लागि निर्णय गरिएको छ ।
पुर्न्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले जिल्लामा भएका पुननिर्माणका गतिविधि बारेमा जानकारी गराउँर्दै म्याग्दीमा ८६८ जना भुकम्प प्रभावित मध्ये ७९० जनाले पहिलो किस्ता, २८७ जनाले दोस्रो किस्ता र १६५ जनाले मात्रै अन्तिम किस्ता भुक्तानि लिएको बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, पुस २८, २०७५  १९:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP