शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण
कतारकी राजकुमारीद्धारा अन्नपूर्ण हिमालको आरोहण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख ३, २०८०
nirmal purja (nimsdai) and rajkumari
म्याग्दी । कतारकी राजकुमारी आस्मा अल्थानीले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको छ । यो आरोहण मौसममा आठ हजार मिटर माथिका हिमालको यो पहिलो सफल आरोहण हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा उहाँ सहित शनिवार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् । राजकुमारी अल्थानीलाई आरोही गाइड निर्मल पुर्जा सहितको टोलीले आरोहणमा सहयोग गरेको थियो । कतारी राजकुमारी अलथानी पर्वतारोहणको क्षेत्रमा विश्व रेकर्ड कायम गरेका निर्मण पूर्जाको जन्मगाउँ अन्नपूर्ण–३,दानामा समेत भब्य स्वागत गरिएको थियो ।नेपाली समय अनुसार शनिवार करिब ३ बजेतिर उहाँहरू अन्नपूर्णको शिखरमा पुग्न सफल हुनुभएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो ।ई–लाइट ट्रेकिङ कम्पनीले उहाँलाई स्थानीय एजेन्सीको रूपमा समन्वय गरेको थियो । शनिवार ४ बजेतिर अन्य दुई टोलीका ८ जना शेर्पा र ६ जना विदेशी गरी १४ जनाले आरोहण गरेका छन् । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरि, कञ्चनजंगा, ल्होत्से, आमादब्लम , मनास्लु, पाकिस्तानको केटु हिमालको आरोहण गरिसक्नु भएको छ ।सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नु भएको थियो ।यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि आठ वटा आरोहण दलबाट ५४ जना आरोहीले अनुमति लिएका छन् । रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले ७० बर्ष पहिले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेक्नुभएको थियो । उहाँहरुले सन् १९५० को जुन ३ अर्थात् २००७ जेठ २१ गते अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो।  
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १०:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP