शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • बेनी नगरपालिका,धवलागिरी,मालिका र मंगला गाउँपालिकामा मोनाको स्तन तथा पाठेघर सम्बन्धि निशुल्क शिविर हुँदै (भिडिओ)
बेनी नगरपालिका,धवलागिरी,मालिका र मंगला गाउँपालिकामा मोनाको स्तन तथा पाठेघर सम्बन्धि निशुल्क शिविर हुँदै (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ९, २०८०
IMG_2189
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना आईईसी) अन्तर्राष्ट्रिय कार्यकार्यसमिति र सोही अन्तर्गतको महिला विभागको आयोजनामा सञ्चालित स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर जिल्लाको अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा सम्पन्न भएको छ । भने अन्य पालिकाहरुमा भोली आइतबारदेखि संचालन हुने आयोजकले जनाएको छ ।धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर गर्ने भएको छ। शनिबार मोना आईईसीको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बैशाख १० र ११ गते,बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२,मा शिविर सञ्चालन गरिने मोना आईईसीका सचिव सुबोध बरुवालले बताउनुभयो ।महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर हुने सम्भावित खतरामा जोगाउन महिलाहरुको जाँच, पहिचान, परामर्शसहित निशुल्क औषधी उपलब्ध गराईएको मोना आईईसीका सचिव बरुवालले बताउनुभयो । उहाँका ,शिविरको तयारी पुरा भएको छ । काठमाडौं स्थित क्यान्सर सेटर हस्पिटल भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने छ । शिविरमा काठमाडाै‌ं क्यान्सर सेन्टर भक्तपुरको डा. किशोरकुमार प्रधानाङ्गको नेतृत्वमा ४ जनाको टोली खटिएको छ ।डा. प्रधानाङ्गले म्याग्दीको ग्रामिण क्षेत्रमा पाठेघरको समस्या भएका धेरै महिला भेटिएको बताउनुभयो । उहाँले जनचेतनाको अभावका कारण पाठेघरमा समस्या देखिएका महिलाहरु भेटिएको बताउँदै शिविरमा आएर उपचार गर्न समेत अनुरोध गर्नुभयो । भिडिओ हेर्नुहोस् पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने चिकित्सको सुझाव रहेको छ।पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले जानकारी बताउनुभयो ।शिविरमा मोना आइसीका मलेसिया प्रतिनिधि पूर्ण रोका सहितको टोली खटिएको छ । स्थानीय तहसँग समन्वय गरी भइरहेको शिविरबाट लाभ लिन समेत सबै वडामार्फत लक्षित बर्गलाई अनुरोध गरिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २२:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP