शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • न्यु धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
न्यु धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ९, २०८०
IMG_2221
बेनी । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग तथा समुदायस्तरमा हुने विभिन्न गतिविधिमा समेत सहयोग पुगेको बताउँदै बजारमा सहकारी क्षेत्रलाई समाप्त पार्न अनेक तत्व लागेको भन्दै शेयर सदस्यहरु आत्तिन नहुने बताउनुभयो । सोही अवसरमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले सहकारीका सदस्यलाई नाफा आर्जनका मात्रै सहभागी नबनाई संरक्षित पूँजीफिर्ता कोषलाई परिचालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमा कारोबार गर्ने सदस्यहरुमा मात्रै नाफा सहितको अन्य सेवा केन्द्रित गर्नुपर्ने बताउनुभयो । अहिले सहकारी क्षेत्रमाथि आक्रमण भइरहेको अवस्थामा सदस्यहरुले सहकारीमै कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीमा सहकारीमार्फत समुदायस्तरमा ठूलो लगानी भइरहेकाले सहकारीलाई सदस्य केन्द्रित बनाउनुपर्ने बताउनुभयो । सहकारी शिक्षा कार्यक्रममा ललितपुर सहकारी संघका सचिव अनिल बिर बज्राचार्यले सहजीकरण गर्नुभएको थियो । धौलागिरी सहकारीका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा भएको तालिमको स्वागत उपाध्यक्ष रामजीप्रसाद सु्बेदी र सञ्चालन सचिव चन्द्रकुमार केसीले गर्नुभएको थियो । सहकारीले म्याग्दीका सबै ६ वटा र छिमेकी जलजला गाउँपालिकाको १ गरी ७ वटा केन्द्रमा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने सहकारीका बरिष्ठ प्रबन्धक बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच सहकारीले बैशाख १२ र १३ गते बेनीस्थित गणेशटोलमा कोर स्माइल डेन्टल क्लिनिकमा निशुल्क दन्त शिविरको समेत आयोजना गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २२:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP