शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना
प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख २२, २०८०
IMG_2690
म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो समय योगदान पु¥याएका दुईजनालाई सम्मान गरिएको छ । यूनियनले प्रेस युनियन पत्रकारिता पुरस्कारबाट विक्रम बोगटीलाई नगद रु. सात हजार रुपैयाँबाट सम्मान गरिएको छ । त्यसैगरि युनियनले कोष अन्तरगत स्थापना गरेको दिवंगत रामगौचन स्मृति प्रेस यूनियन पत्रकारिता पुरस्कारबाट लेखक अजयमिलन श्रेष्ठलाई नगद रु. ५ हजार ५ सय रुपैयाँबाट सम्मान गरिएको हो । पुरस्कृतद्वयलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा ( खम्विर), प्रदेश सभा सदस्य विमला गौचन र युनियनका केन्द्रिय उपाध्यक्ष ऋृषिकान्त पौडेल, महासचिव दिलिप पौडेल, शाखा सभापति राकेश शर्मा लगायतले नगदसहित दोषल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । बेनी दिवंगत ब्यवसायी राम गौचनको स्मृतिमा उहाँको धर्मपत्नी गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएकी विमला गौचनले रु. एक लाखको अक्षयकोष स्थापना गर्नका लागि सहयोग गर्नुभएको थियो । पुरस्कारबाट सम्मानित हुने बोगटी करिव एक दशक समय रेडियोकर्मीको रुपमा काम गर्नुभएको थियो । त्यसैगरी श्रेष्ठले छापा संचारमाध्यम लामो समय काम गरेको अनुभव संगालुभएको छ भने लेखकको भूमिकामा सक्रिय हुनुहुन्छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले मूलुकको ब्यवस्था परिवर्तनको क्षेत्रमा पत्रकारिता क्षेत्रले ठुलो योगदान दिएको बताउदै समाज परिवर्तन र जनजिविकाको अवस्था सुधार्न पत्रकारिता केन्द्रित हुनुपर्ने जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष पौडेल, महासचिव पौडेल, संविधान सभा सदस्य रेशम बानियाँ, प्रदेशसभा सदस्य गौचन, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, केन्द्रिय सचिव नरहरी सापकोटा, केन्द्रिय सदस्य माया अधिकारी, यूनियन गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, नेपाल ट्रेड यूनियन म्याग्दीका कोमलप्रसाद उपाध्याय, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले मन्तव्य राख्नुभएको थियो । सभापति शर्माको अध्यक्षता उपाध्यक्ष धनिलाल गर्वुजाको स्वागत मन्तव्यमा भएको उद्घाटनसत्र कार्यक्रमको संचालन सचिव साधन राम्जाली मगरले गर्नुभएको थियो । अक्षयकोष स्थापना सहयोग गर्ने दाताहरुलाई पनि सम्मानपत्रमार्फत सम्मान गरिएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २२:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP