शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आप्रवासी बन्नुपर्ने चिन्ता
आप्रवासी बन्नुपर्ने चिन्ता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २३, २०८०
Chandra Baniya 38
२०७३ जेष्ट मासान्तको कुरा हो । ”थर (ठेगाना) पनि, घर पनि, छैन दाई मेरो......” नयाँ नेपालको थोत्रो राजधानी हेर्न आइपुगेका काँहिलादाइले उही पूरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइभाइ ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियोे । ”के भो दाइ ? –मैले सोधेँ । ”हैन, भाइ ! नेपाल सानू राज्य हो भन्ने सुनिन्थ्यो । आजकल हर्लक्क बढेर निकै ठूलो भैसकेछ कि क्या हो ? १४÷१५ वटा राज्य बनाउनु पर्ने ?!” ”भूगोल बढेको त कहाँ हुनु ? बरु ५०÷६० ठाउँमा नेपालको सीमा मिचिएको पो छ भन्छन् ! साँचै हो भने सुगौलीसन्धिले खुम्च्याइदिएको देशको आकार थप अलिकता खुम्चिएको पो होला । मुलुकको क्षेत्रफल बढेको होइन, मान्छेहरुको आवश्यकता बढेको हो, आकाँक्षा बढेको हो । मान्छेले खाँचो महसुस गरेपछि टार्नै प¥यो । संसारमा जे जति कुराहरुको नवनिर्माण गरिन्छ र आविष्कारहरु हुन्छन् ती सबै मान्छेको खाँचो टार्नैका लागि भएका त हुन् ।” “हुन त हो है, बाइसे चौबीसे राजाको पालामा पनि हाम्रो पर्वत राज्यका एकजना नारायण मल्ल भन्ने राजाको शेषपछि उनका तीनै जना छोराहरुलाई अलग अलग राज्य चाहिएको हुनाले कास्की र गलकोटको जन्म भएको हो भन्थे । नयाँ नेपालमा शाह खलकको हातबाट राज्य खोसिएपछि अरु भुरे टाकुरे राजाहरु जागेछन् कि क्या हो ?” “त्यसो त होइन, काँहिलादाइ ! दुईढाई सय वर्षदेखि थिचोमिचोमा परेका उत्पीडित जाति–समूहहरुलाई आ–आफ्नो पितृभूमिमा आफूखुसी राज्यसत्ताको उपभोग गर्ने मन भयो, जातीय पहिचानको अधिकार पनि चाहियो, होइन र ? स्वशासनको स्वाद लिने रहर जाग्यो । स्वायत्तताको आवश्कता खड्कियो होला नी !” “होइन, यो मुलुकमा बसोबास गर्ने जातिहरु जम्मा १४÷१५ वटा मात्रै हुन् कि अरु पनि छन् ?” “छ न त पाँच दर्जनभन्दा बढी जातजातिको बस्ती नेपालमा छ भनिन्छ । किन र दाइ ?” “छन् भने त अरु थप राज्यहरु बनाउँदा राम्रो हुन्थ्यो होला । सबैलाई न्याय पनि मिल्थ्यो, सबैको मनारी पनि पुग्थ्यो । सबैको मन रमाउदो हो । सबैको चित्त बुझ्दो हो !” “किन र काँईलादाइ, एकको ठाउँमा १४÷१५ वटा राज्य हुँदा स्वभावतः सुविधा त थपिएला नी ? अहिले एउटा ठाउँबाट लिदै आएको सेवा सुविधा दर्जनभर ठाउँबाट वितरण हुन थालेपछि सजिलो त हुने नै भयो नि, होइन र ?” काँहिलादाइको भृकुटीमा गाँठो प¥यो, अनुहार रातियो । उनी त सन्केर कड्किन पो थाले –“भुत्रोको सुविधा हुनु । कमसेकम मेरा पुर्खाहरुको १००÷५० पुस्ताले घरजम बसाएको गाउँ ठाउँ अब “मगरात” राज्य बन्ने भो रे ! कुनै जमानामा त्यो गाउँ खस साम्राज्य अन्तर्गत पथ्र्यो रे ! बगाले थापाहरुले पनि २÷३ सय वर्ष रजाईं गरेथे रे ! त्यसपछि पर्वत राज्यमा मल्लवंशको राज्य शासन स्थापित भएको थियो रे ! गोर्खा राज्यमा विलय भएको पनि दुई सवादुई सय वर्ष भैसक्यो रे ! १२÷१५ सय वर्षदेखि कहिले खस, कहिले मल्ल र कहिले शाहवंशको ‘रैती’ बनियो । अब मगरातका ‘प्रजा’ भइने भो । नाक चुच्चे भएकै कारणले शताब्दीयौं बिताएको मातृभूमिमा “आप्रवासी” कहलिने भइयो ।” काँहिलादाइ थन्थनाउँदै गए–“कुरो सुन्दा पनि अचम्म लाग्छ । म्याग्दी बाग्लुङ मगरातमा पर्छ रे सीमा जोडिएको कास्की तमुवानमा ! प्रतिशतका हिसाबले मुलुकमै सबभन्दा बढी गरिबको संख्या भएका क्षत्री काजी कहलाउँने हामी खसहरु हली गोठाला (दास)बाट भरिया र मजदुरमा उक्लिएका न हौं । त्योभन्दा बढी अरु के हैसियत थियो र हाम्रो ? अढाई सय वर्षदेखि शाहवंशलाई राजा मान्दै आएका हामीले अब मगरवंशको शासन पनि हेर्दा हौंं तर दुःख मान्नुपर्ने कुरा के छ भने आफ्नै माटोमा “भतुवा” कहलिने भैयो । “हो, छरछिमेकका मगर बन्धुहरुले त आफ्नो राज्य भनेर सबैखाले असुविधाहरु सहलान्, खप्लान्, बुर्लुक्क बुर्लुक्क उफ्रँदै तानसेनतिर हानिएलान्, जातीय अपनत्वभावले उनीहरुका गोडा भूईंमा नरहलान्, जति नै दुर दुर्गम भए पनि तानसेनको मोहनीले तानिएलान् तर हामीले पाउने त “लोक्रो न बोक्रो’ नै त हो । जनताले बारम्बार आन्दोलन गर्ने गरेको केवल अधिकार प्राप्तिका लागि मात्रै होइन, सुविधाका लागि पनि हो भन्ने कुरा नेपालको राजनीतिले बुझेको खोई ? जनताको राजनीति भनेको त्यस्तै हो त ? आन्दोलनहरुमा हामीहरु पनि सामेल भएकैं हौं क्या रे ! हाम्रा दुबै हात खाली हुने भए ! अधिकार न सुविधा ! हाम्रा लागि मगरात बस्न लायक नरहने भो अब । काठमाडौं त सबैको साझा रहला । बरु यतै बसाई सर्दा ठीक होला कि भन्ने लाग्याथ्यो, यो पनि नेवाराज्य हुने भएपछि आफू त यो मुलुकमा जहाँ गए बसे पनि आखिर दोश्रो दर्जाको नागरिक नै ठहरिने भैयो !” काँइलादाईहरुको भावना बुझेर हो वा अरु नै कुनै स्वार्थवश हो सातवट प्रदेशहरु निर्माण भए । नेताहरुले आकाशको तारा पृथ्वीमा झार्ने तिलस्मी गफ छाँटे । नयाँ मान्छेहरुबाट गफ आएका भए त सायद जनताले “हो कि त” भनेर पत्याउँदा पनि हुन् । गफले आकाश पाताल जोड्नेहरुमध्येका अधिकांश पूर्वपरिचित अनुहार नै थिए । हिजोसम्मको उनीहरुको असफलताको एक मात्र कारण देश संघीयतामा नजानु थियो भनेझै गरी सत्तामा, सरकारमा, प्रतिपक्षमा जताततै असफलसिद्ध भएका अनुहारहरुले अपत्यारिला बक्तव्यवाजी गर्न पटक्कै लाज मानेन् । त्यसरी उत्ताउलिएर बोल्दा संघीयताको माग आफूहरुको थिएन भन्ने कुराको हेक्का राखेको पनि देखिएन । सबभन्दा ठूलो हाँसो ठट्टाको पात्र त जनमोर्चाबाट निर्वाचित सभासदहरु बने । संविधान निर्माण गर्ने दायित्व लिएको सरकारमा उक्त पार्टीको पनि प्रतिनिधित्व थियो । मन्त्रीको तलवभत्ता थापेरै संघीयताको विरोध गरियो । पार्टीले गर्दैआएको संघीयताको अखण्ड विरोधलाई पददलित गर्दै मुुलुकमा संघीय संविधान बन्यो । त्यही संविधान कार्यान्वयनको सन्दर्भमा निर्वाचन आयोजना गरियो । संघीयताका पक्षधर पार्टीहरुसँगको तालमेलबाट जनमोर्चाका सांसदहरुले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर पाए । उनै सांसदहरुले फेरि पनि संघीयताप्रतिको आफ्नो पार्टीको असहमति दोहो¥याए । उही संविधान, उही व्यवस्था, उही प्रावधान अन्तर्गत चुनाव लड्ने, संसदमा जाने, भत्तासुविधा कुम्ल्याउन पनि नछोड्ने र त्यसैको विरोधको बेसुरा राग अलाप्न नछोड्ने गजबको चर्तिकला बजारचर्चाको विषय बन्ने नै भयो । हो, विभाजनले कमजोर बनाउँछ भन्ने कुरा सत्य हो । जयस्थिति मल्लका नाति यक्ष मल्लले उपत्यकाको आफ्नो राज्य छ जना छोराहरुलाई अङ्शबण्डा गरिदिए । उनका दृष्टिमा आफ्नो सम्पत्ति सबै छोराहरुलाई समान हकदार मानेर बाँडचुड गर्नु न्यायकै विषय ठहरेको हुँदो हो । वङ्शानुगत उत्तराधिकारमा प्राप्त भएको राज्य उनको निजी सम्पत्ति थियो । आफ्नो सम्पत्तिको तजबीजी अधिकार उनीसँग रहने नै भयो । किनकि तत्कालीन समयमा राज्यहरु राजाका आर्जन मानिन्थे । राजाहरुले राज्यलाई आफ्नो निजी सम्पत्ति ठान्थे । आफ्नो पुरुषार्थको कमाई ठान्थे । आफ्नो आर्जन आफूखुसी प्रयोग वा वितरण गर्नु पाउनु स्वाभाविक मानिने नै भयो । जयस्थिति मल्लका नातिले गरेको राज्य विभाजनको परिणाम कालान्तरमा प्रत्युत्पादक बन्यो । ससाना राज्यमा विखण्डित भएको मुलुकहरु आर्थिक र सामरिक रुपमा कमजोर हुन गए । उपत्यका तीनवटा राज्यहरु आपसी रिस, डाह, इष्र्याका कारण सधै कुकुर बिरालाझै झैझगडामा अल्झिए, आपसमा शत्रुता र मनमुटावको परिस्थिति निर्माण भयो । त्यही कमजोरीको फाइदा उठाएर पृथ्वीनाराण शाहले उपत्यकामाथि विजयश्री प्राप्त गर्ने अवसर जुटाए । सिंगो मध्य र पूर्वी तराई ओगटेका चौबीसी राज्य पाल्पा एउटा बलियो राज्यको रुपमा उदाएको थियो । मणिमुकुन्द सेनले राज्य विभाजनको गल्ती दोहोराए । आफ्ना छोराहरुलाई राज्यको अंशबण्डा गरिदिए । पाल्पाको विभाजनबाट जन्मिएको कमजोर राज्य मकवानपुर पृथ्वीनारायण शाहको विजय अभियानको पहिलो शिकार बन्यो । दुरुस्तै त्यस्तै उदाहरण अर्को चौबीसी राज्य पर्वतमा दोहोरिएको थियो । सोह्रौं शताब्दीको अन्ततिर तत्कालीन राजा प्रतापीनारायण मल्लले तीन भाई छोराहरुबीच राज्यको अंशबण्डा गरिदिए । जेठा छोरालाई गलकोट, कान्छालाई कास्कीकोट र माहिला छोरालाई पर्वतराज्य अङ्शभाग लाग्यो । त्यसरी विखण्डित भएको पर्वतराज्यले गोरखाको विजय अभियानलाई लामो समयसम्म चुनौती दिँदै रहेको भए पनि पाल्पा र गोर्खाको संयुक्त शक्तिका अगाडि पर्वत निरीह सावित भयो । गोर्खाको पञ्जामा पर्ने पर्वत चौबीसी राज्यमध्येको आखिरी राज्य थियो भन्दा फरक पर्दैन । गल्कोटले विनायुद्ध गोर्खासमक्ष आत्मसमर्पण गरेको थियो । पर्वतको विभाजन नभएका भए सम्भवतः गोर्खाको दाल गल्ने थिएन होला । काठमाडौं, पाल्पा र पर्वतका राजाहरुले लिएको गलत निर्णयको परिणामस्वरुप कालान्तरमा राज्यको अस्तित्व गुमाउनुपर्ने दुर्भाग्य निम्तिएको थियो । नेपालको मध्यकालीन इतिहासमा पर्वत, पाल्पा र काठमाडौं विभाजित हुनुमा तत्कालीन शासक मात्रै जिम्मेदार थिए भन्न मिल्दैन । उनीहरुका सन्तानहरुमा विकसित भएको महत्वाकांक्षा पनि राज्य विभाजनको महत्वपूर्ण कारण अवश्य रहेको हुँदो हो । कीर्तिपुरेसँगको लडाईंमा एउटा आँखो गुमाएका शुरप्रताप शाहले उपत्यका विजयपछि पाटनको गद्दी अङ्शभागमा मागेका थिए भनेर इतिहासमा लेखिएको छ । अर्थात ६÷७ वटा राज्यहरुमा विजय प्राप्त भएपछि गोरखा जस्तो सङ्कुचित क्षेत्रमा हुर्केका पृथ्वीनारायणका भाइभारदारहरुमा विस्तारित राज्यको सानोतिनो अङ्श आफ्नो भागमा पनि पर्छ भन्ने आशा रहेको हुँदो हो । लडाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लडाकु सरदारहरुले मुख फोर्न नसके पनि त्यस्तो महत्वाकांङ्क्षा पाल्ने शुरप्रताप एकजना मात्रै थिए भन्न मिल्दैन । भाइभारदारहरुको दवाव झेल्ने सामथ्र्य नभैदिएका भए पृथ्वीनारायण शाह पनि राज्यविभाजनका निमित्त वाध्य पारिँदा हुन् । वर्तमान नेपालमा संघीयताको माग फरक कोणबाट उठेको थियो । अलग प्रदेशको माग गर्ने अनेक शक्तिहरुमध्येको एउटा मधेसले मात्र सफलता पायो । मधेसलाई अलग प्रदेशको मान्यता नदिइ नहुने परिस्थितिले बाँकी मुलुक छवटा टुक्रा पर्ने अवस्था उत्पन्न भएको हो । मधेस बाहेकका अन्य प्रदेशहरुको वर्तमान आकार, आकृति र भूगोल कसैको माग थिएन । खण्डखातिरबस प्राप्त भएको प्रदेशको मुखियालीका लागि अनेक “शुरप्रताप”हरुबीच प्रतिश्पर्धा चल्नु अस्वभाविक हुदैन । आ–आफ्ना महादेवहरुबाट आशिर्वाद प्राप्त गरेका गणेशहरुबीच प्रतियोगिता हुुुुुुुुुुुुने ने भया्े । जनस्तरबाट पहिचानमा आधारित संघीयताको माग भएको हो । ऐतिहासिक थातथलोको पहिचानका आधारमा प्रदेशहरुको नामकरण गर्ने कुरालाई जातीय राज्यको रुपमा अपव्याख्या गरियो र हाम्रा काहिँलादाइहरुको बुद्धि भुटियो । सिङ्गो खस समाज पहिचानमा आधारित संघीयताको विपक्षमा उभिनुको कारण त्यही थियो कि ? राज्यमा शदियौंदेखि राइदाई गर्दै आएको सभ्रान्त वर्गले आफ्नो परम्परागत राज्यसंङ्यन्त्रमा एकाधिकार, वर्चस्व र प्रभूत्वमा आँच आउने आँकलन ग¥यो र जातीय राज्यको विरोधको नाममा पुरानो जातीय वर्चस्वलाई यथावत राख्ने षडयन्त्र ग¥यो । समाजले रकमी जालसाँज बुझ्न सकेन । त्यसैले दोश्रो संविधानसभामा प्रतिगमनकारी र यथास्थितिवादी पार्टीहरुलाई जितायो र हाम्रा काहिँलादाइहरुलाई डरमुक्त गरिदियो । यसरी न पृथ्वीनारायण शाहको “यो मुलुक मेरा साना दुःखले आज्र्याको होइन” भन्ने भनाईको मान रह्यो न जनताले चाहेजस्तो पहिचान सुनिश्चित भयो । मालिका प्रेस साप्तहिकबाट
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १८:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP