शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जेसिज कप ःन्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेडेमी फाइलनमा प्रवेश (तस्बिर सहित)
जेसिज कप ःन्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेडेमी फाइलनमा प्रवेश (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १३, २०७६
jci cup

बेनी ,शुक्रबार मंसिर १३ गते ।
म्याग्दी सदरमुकाम बेनीमा जारी १८ औं नरेश मोवाइल अन्तर मावि स्तरिय जेसिज कप फुटबल प्रतियोगिताको फाइनल खेलका लागि दुई विद्यालय प्रवेश गरेका छन् । म्याग्दी जेसिजको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न सेमिफाइनल खेलमा जित हासिल गर्दै न्यु वेष्ट प्वाइन्ट र बुद्ध एकेमडेमी फाईनलमा प्रवेश गरेका हुन् ।

रोचक भएको सेमिफाइनल खेलमा बेनी बोर्डिङलाई शुन्यका विरुद्ध ५ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी सामुदायीकलाई १ का विरुद्ध २ गोल गर्दै बुद्ध एकेडेमी फाईनलमा प्रवेश गरेका हुन् । मंगलबार देखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले भाग लिएका थिए । जेसिज कप जितका लागि दुई विद्यालयको फाइलन खेल शनिबार हुने आयोजकले जनाएको छ ।


ग्रामिण विद्यालयका विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगितोको आयोजना गरिएको आयोजक जेसिज म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।


चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने अध्यक्ष थापाको विश्वास छ ।
प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

अनुशासित टिमलाई सात हजार सात सय ७७ रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्िधक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताउनुभयो ।


सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर९रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १६:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP