शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान
व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख २८, २०८०
santosh-bogati
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–१, थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकीरसाथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् ।कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसी पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान भएका हुन् । ‘मुद्दामा पेस भएका अनुसन्धान रिपोर्टसमेतका तथ्यको आधारमा आरोपितलाई तारेखमा छोडी मुद्दाको अनुसन्धान गर्न मिल्ने देखिएन । पूर्पक्षमा राखी अनुसन्धान गर्न आदेश गरेका छौँ,’ न्यायाधीश कृष्णप्रसाद नेपालले बताए ।चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा बोगटी मृत अवस्थामा फेला परेका थिए । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए ।त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र घर्ती मध्य राति १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।‘व्यवसायी बोगटी बिहीबार बिहान मृत अवस्थामा फेला परेपछि घटनाको शंकास्पद देखियो । मृतकका आफन्तले पनि किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरियो । प्रारम्भिक अनुसन्धान क्रममा घटना कर्तव्यबाट भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले भने, ‘रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरण शंकास्पद रहेको हो ।’कान्तिपुरबाट  
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP