शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइयो
म्याग्दीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ३, २०८०
IMG_2497
म्याग्दी । ‘जनताको बहुदलीय जनवाद, जिन्दावाद’ भन्ने नारासहित आज (बुधवार) म्याग्दी सदरमुकाम बेनीमा ३०औं मदन–आश्रित स्मृति दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा एक औपचारिक कार्यक्रम गरेर स्वर्गीय नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको सम्झना गरिएको हो । स्मृति दिवस कार्यक्रममा स्व. नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले तत्कालीन समयमा जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अनुसरण गर्दै आम नेता, कार्यकर्ताहरु अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्व. नेता मदन भण्डारीको विचारअनुसार पार्टी चलायमान भएर साङ्गठनिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । एमाले म्याग्दीको जिल्ला इन्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य थापाले माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद नेकपा एमालेको मार्गदर्शक सिद्धान्त रहेको बताउँदै मुलुक अहिले मदन भण्डारीले ल्याएको सिद्धान्त जबजअनुसार अघि बढेको बताउनुभयो । उहाँले मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय तरिकाले हत्या गरिएको बताउँदै त्यसपछि अमर लामाको पनि हत्या गरिनुले षड्यन्त्रपूर्ण ढङ्गले हत्या भएको दावी गर्नुभयो । फरक प्रसङ्गमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भविष्य नभएको हुँदा हल्लाको पछाडि लाग्न नहुनेमा जोड दिनुभयो । सोही कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले जतिबेला विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का खाइरहेको अवस्थामा नेपालमा भने स्व. जननेता मदन भण्डारीले माक्र्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्छ भनेर जनताको बहुदलीय जनवाद ल्याएको बताउनुभयो । उहाँले मदन भण्डारी स्थापित नेता र जनताको बीचमा सबैभन्दा लोकप्रिय नेताको रुपमा उदाएको भन्दै जननेता भण्डारीले प्रतिपादन गरेको जबजअनुसार अहिले देश अगाडि बढिरहेको बताउनुभयो । नेपाल बुद्धिजीवी परिषदका पूर्व केन्द्रीय सदस्य तारानाथ शर्माले संसारमा कम्युनिष्ट आन्दोलनले धक्का खाँदै गैरहेको अवस्थामा मदन भण्डारीले जुक्ति लगाएर जबज ल्याएपछि नेपालमा कम्युनिष्ट आन्दोलनले नयाँ उचाई लिएको बताउनुभयो । उहाँले मदन–आश्रित स्मृति दिवस मनाइरहँदा मदनको विचार तथा आदर्शलाई अहिलेको अवस्थामा कत्तिको अनुसरण गर्न सक्यौं भनेर सोच्न जरुरी रहेको बताउनुभयो । कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिएको यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका एक मात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जीपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लामा जन्मिनुभएका स्व. भण्डारी जननेताको रुपमा चिनिनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  २०:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP