शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)
अन्नपुर्णको काखमा मनमोहक पञ्‍चकुण्ड ताल (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ९, २०८०
panchakunda tal 2080-2-4-70120
म्याग्दी । पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ ,स्थित चार हजार एक सय मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो। गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो। नीलगिरि हिमाल र अन्नपूर्ण हिमाल (पहिलो) ८०९१ मिटर उचाइबाट हिउँ पग्लेर ताल बनेको छ। विश्वकै उत्कृष्ट मौरिस हर्गोज पद मार्गको गन्तव्यमा पर्ने यो ताल पञ्चकुण्ड धामले समेत परिचित छ। करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पाँच भागमा बनेको तालनजिकै भगवान् शिवको मन्दिर पनि छ। यस तालमा स्नान गरी नजिकै रहेको शिव मन्दिरमा पूजाआजा गरे पाप नष्ट हुने धार्मिक विश्वास छ। हिमालको आधार शिविरमा अवस्थित यस तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ। पूर्वाधार अभाव र प्रचारप्रसार नहुँदा ताल ओझेलमा परेको वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो। स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले भन्नुभयो, “धार्मिक रूपमा समेत परिचित यस ठाउँमा पूजा गरेर स्नान गरे पाप नष्ट हुने विश्वास छ।” उहाँका अनुसार यस ताललाई सन् १९५० मा शेर्पा भाषामा दिकिचो ताल अर्थात् जम्ने ताल भनेर नामकरण गरिएको थियो। पछि तालसम्म पद मार्ग पुगेपछि स्थानीयले पञ्चकुण्ड ताल नामकरण गरेका हुन्। पछिल्लो समय हिमाल आरोहण गर्ने आरोही र आधारशिविर पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको मौरिस हर्जोग पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका गुरुङले बताउनुभयो । उक्त ताल गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि ४३ किलोमिटरको दूरीमा छ। हुमखोलादेखि २१ किलोमिटर पैदल यात्रापछि उत्तरी अन्नपूर्र्ण आधार शिविर पुग्न सकिन्छ।ताल सम्म पुग्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र संघीय सरकारको पर्यटन मन्त्रालयको बजेटबाट पदमार्ग,झोलुङ्गे पुल र पर्यटक आश्रय स्थल निर्माण गरिएको छ । पदमार्गको पहुँच विस्तारपछि तालमा घुम्न आउनेको सङ्ख्या बढेको वडा नम्बर ४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। तालको माथि चार हजार एक सय ९० मिटर उचाइमा अन्नपूर्ण आधार शिविर छ। आधारशिविरमा खानेपानी,टेलीफोन सेवा र पर्यटकीय पूर्वाधारको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP