शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने
पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ११, २०८०
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । विहिवार बसेको शाखाको वैठकले नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले निर्धारण गरेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै उक्त संख्यामा सदस्यता नविकरण गर्ने सर्वसम्मत निर्णय भएको शाखा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । पत्रकारिता पेसामा पूर्णकालिन रुपमा संलग्न भएकाहरुको मात्र सदस्यता नविकरण भएको उहाँले बताउनुभयो । नयाँ सदस्ताका लागि परेका आवेदनका हकमा पनि सुद्धीकरण अभियानले नसमेटेकाले नयाँ सदस्यताका लागि कसैलाई पनि सिफारिस नगर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।सदस्यता सुद्धीकरणलाई सहज बनाउन शाखको विहिवार विहान वसेको वैठकले उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य,प्रेस चौतारीका अध्यक्ष प्रताप बानियाँ,प्रेस युनियनका अध्यक्ष राकेश शर्मा र प्रेस सेन्टरका अध्यक्ष कमल खत्री रहनुभएको थियो ।कार्यदलको वैठकले गम्भिर रुपमा छलफल गरेर नविकरण गर्ने सदस्य,मानर्थ सदस्य र ससम्मान रुपमा विदाई गर्ने सदस्यहरुको नामावली तयार पारी प्रतिवेदन अध्यक्ष पौडेललाई बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनलाई कार्यसमितिको वैठकबाट सर्वसम्मत रुपमा निर्णय भएको शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभभयो । पत्रकारितामा सक्रिय नरहेर राजनीतिमा रहेका, स्थायी वा अस्थायी सरकारी सेवा, वैदेशिक रोजगारी र व्यापार व्यवसायमा वा पूर्णकालिन रुपमा अन्य पेसामा संलग्न भएकाहरुको सदस्यता नविकरण नगरिएको कार्यदलका संयोजक तथा शाखाका उपाध्यक्ष गौतमले बताउनुभयो ।गौतमका अनुसार शाखामा रहेर विगतका दिनहरुमा विशेष योगदान गर्नुहुने २२ जना सदस्यलाई मानर्थ सदस्यता प्रदान गर्ने र अन्यलाई ससम्मान रुपमा विदाई गर्ने निर्णय शाखाले गरेको छ ।  
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २२:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP