शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली
सन्तुलित विकासका लागि वैज्ञानिक हिसाबले बजेट बिनियोजन हुन्छ : मन्त्री जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ १२, २०८०
रेशम जुग्जाली
बेनी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ९सुविन०ले टुक्रे योजना कटौति हुने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजना कटौति हुने बताउनुभयो ।“उपलब्धी नदेखिने, अनुत्पादक र टुक्रे योजना कटौति गर्न मन्त्रालयले थ्रेस होल्ड बनाउँछ,” उहाँले भन्नुभयो “धेरै योजनामा बजेट वितरण गर्दा कार्यान्वयन, प्रभावकारिता र नियमनमा समस्या देखिएको छ ।” विज्ञहरुबाट प्रदेश सरकारका पूर्वाधार योजनालाई रु। पचास लाख भन्दा कम बजेटका योजना नबनाउन सुझाव आएको बताउँदै चाप थेग्न चुनौति भएपनि विगतको तुलनामा आगामी वर्षको बजेटमा सुधार हुने बताउनुभयो ।प्रदेशले सञ्चालन गर्ने सडक, पुल र भवन सम्बन्धी योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम अघि बढेको बताउनुभयो । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित हुनुभएका जुग्जालीले प्रदेशको सन्तुलित विकासका लागि वैज्ञानिक बजेट वितरणको शुरुवात गर्ने र त्यसबाट म्याग्दी जस्ता विगतमा पछि परेका जिल्लाहरुलाई न्याय हुने बताउनुभयो । मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयको समस्या पहिचान गरेर समाधानमा केन्द्रित भएको मन्त्री जुग्जालीले बताउनुभयो । यातायात कार्यालयमा बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गरेको र विद्युतीय सवारी साधन दर्ताको लागि मन्त्रालयबाट निर्णय भइसकेको बताउनुभयो ।म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्न प्राथमिकताका साथ बजेट बिनियोजन हुने बताउनुभयो । तीन वर्षदेखि रोकिएको अर्चेखोला र अदिभाराको मोटरेबल पुल निर्माणका लागि अर्थमन्त्रालयको सहमतिमा बजेट व्यवस्थापन गरेर क्रमागत योजनाका लागि ठेक्का प्रक्रीया अघि बढेको मन्त्री जुग्जालीले बताउनुभयो । “अर्चेखोलाको पुललाई रु। चार करोड ८२ लाख र अदिभारा पुलको रु। सात करोड लागत अनुमानको डिपिआर बनेपनि २० प्रतिशत बजेट बिनियोजन नहुँदा ठेक्का लाग्न सकेको थिएन,” उहाँले भन्नुभयो “मन्त्रालयमा अड्किएर बसेको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्गे पुलको लागि पनि बजेट व्यवस्थापन गरेर ठेक्का लगाउन निर्देशन भइसकेको छ ।” संविधानसभा सदस्य तथा माओवादीका जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादीका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, बेनी नगर अध्यक्ष शेरबहादुर केसी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने लगायतले आगामी आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमका विषयमा समन्वय गर्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP