शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?
म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख हस्तान्तरण, कसले कति पाए ?
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ १७, २०८०
myagdi budget
बेनी । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत म्याग्दीका पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शिर्षकबाट सो बजेट अनुदान उपलब्ध गराएको हो । पालिकातर्फ आएको कुल बजेटमा चालुतर्फ १ अर्ब ८४ लाख ६७ हजार रुपैयाँ बजेट रहेको छ भने पुँजीगततर्फ २७ करोड ९५ लाख बजेट रहेको छ । संघीय सरकारले हिमाली जिल्ला म्याग्दी अन्तरगत रहेको बेनी नगरपालिकालाई ५० करोड ७४ लाख, अन्नपूर्ण गाउँपालिकालाई ३४ करोड ८३ लाख, धवलागिरी गाउँपालिकालाई ३१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।त्यसैगरी मंगला गाउँपालिकालाई ३३ करोड ४८ लाख, मालिका गाउँपालिकालाई ३१ करोड ६६ लाख र रघुगंगा गाउँपालिकालाई ३० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन छ। अघिल्लो आर्थिक बर्ष भन्दा बेनी नगर, मालिका र रघुगंगामा बजेट घटेको छ भने अन्नपूर्ण, धवलागिरी र मंगलामा बजेट बढेको छ।म्याग्दीमा २०७९÷८०मा २ अर्ब ११ करोड ६१ लाख, २०७८÷७९ मा २ अर्ब ६९ लाख र २०७७÷७८ मा १ अर्ब ७७ करोड रुपैयाँ बजेट संघीय सरकारले म्याग्दीका स्थानीय तहलाई विनियोजन गरेको देखिन्छ । विकास बजेट राम्रोसंग कार्यान्वयन गर्न नसक्दा पालिकाले प्राप्त गर्ने अनुदान बढ्न सकेको छैन् ।स्थानीय तहको बजेट जनप्रतिनिधि र कर्मचारीको तलव र सेवासुविधामात्र देखिन्छ । जनताको माग अनुसार काम गर्ने पुँजीगततर्फ न्यून बजेट रहेको छ ।  
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०९:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP