शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रथम ‘म्याग्दी भलिबल कप’ पुषमा हुने ,कप सार्वजनिक (भिडिओ)
प्रथम ‘म्याग्दी भलिबल कप’ पुषमा हुने ,कप सार्वजनिक (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २१, २०८०
DSC_0118
बेनी। म्याग्दीमा प्रथम म्याग्दी भललिबल कप हुने भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा आगामी ५ पुसदेखि विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको हो । आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै रनिङ कप सार्वजनिक गरिएको छ ।जिल्ला भलिवल संघको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाही र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ क्षेत्री लगायतको उपस्थितमा ट्रफी सार्वजनिक गरिएको हो । [embed]https://youtu.be/S2XT5tHl-Ko[/embed] [caption id="attachment_68704" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अन्तर विद्यालयस्तरीय छात्रा÷छात्र भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमश ः ५० हजार र ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष बानियाँले बताउनुभयो । उहाँले विद्यालयस्तरबाट पहिचान भएका प्रतिभावान नयाँ खेलाडीलाई भलिबल खेल क्षेत्रको आधारभूत ज्ञान, सिप, कला सिकाउने र प्रदेश र संघमा हुने प्रतियोगितामा सहभागि गराउने योजनासहित प्रतियोगिता आयोजना गरिएको भन्नुभयो । [caption id="attachment_68705" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] प्रतियोतिगामा उतकृष्ट स्पाईकर, सेटर बलकर, क्विकर, सर्भर, डिफेन्डर, उतकृष्ट खेलाडी र टिमकोचलाई पनि ट्रफीद्वारा सम्मान गरिने छ । ट्रफी सार्वजनिक गर्दै जिसस प्रमुख थापाले विद्यालयस्तरको भलिवल प्रतियोगिताले नयाँ क्षमतावान खेलाडी पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।उहाँले भलिवल खेललाई ब्यवस्थित रुपमा अघि बढाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा हुने विद्यालयस्तरको प्रतियोगिताले विद्यालयस्तरमा अतिरिक्त क्रियाकलाप सक्रियता बढाउन प्रेरित गर्ने बताउनुभयो । [caption id="attachment_68703" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जिल्ला भलिबल संघले आयोजना गरेको छात्रा÷छात्र भलिबल प्रतियोगिताले देशका लागि नयाँ प्रतिभावान खेलाडी पहिचान गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले खेल क्षेत्रमा राज्यको लगानी कम भएकोले प्रतिभावान खेलाडी ओझेलमा परेको जानकारी गराउदै खेलक्षेत्र लगानी बढाएर नयाँ खेलाडी उत्पादन गराउनमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । यस प्रतियोगिता संचालन गर्नका लागि ‘गौमति खत्री विकास कोष’ले १० वटा प्रतियोगिता संचालन गर्नका लागि २÷२ लाख रुपैयाँ दरले सहयोग गर्दै मुख्य प्रायोजक बनेको छ । [caption id="attachment_68702" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_68701" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_68700" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]  
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २२:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP