शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • गलेश्वरमा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन
गलेश्वरमा करिब साढे ६ लाख रुपैयाँ भेटी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २२, २०८०
bheti-galeshwor
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एक महिनामा ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको छ। गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो । बैशाख २० गतेदेखि जेठ २२ गतेसम्म गलेश्वर मन्दिरमा दर्शन आएका भक्तजनले चढाएको भेटिलाई सोमबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारबासी, आमासमूह शसस्त्र प्रहरीको उपस्थितमा सो रकम गनिएको कोषले जनाएको छ।भक्तजनले गलेश्वरधामको मुल मन्दिर, शिव, गणेश, लक्ष्मीनारायण मन्दिर, जलकुण्ड, होमनकुण्ड, हनुमानको मुत्ति लगायत विभिन्न स्थानमा धार्मिक भक्तजनले दर्शन गर्दा चर्ढाएको भेटीलाई कोषले गनेको थियो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटीमार्फत मन्दिरको कोषमा हालसम्म ३ करोड ९५ लाख रुपैयाँ संकलन भएको सदस्य सचिव खत्रीले जानकारी दिनुभयो । कालीगण्डकी नदीको शिला अयोध्या लगेपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा पछिल्लो समय भारतीय धार्मिक पर्यटक बढेका छन् । विश्वकै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लगेपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम मन्दिरमा दर्शन गर्ने भारतीय पर्यटकको संख्या बढेका सदस्य सचिव खत्रीले बताउनुभयो । उहाँले भारतिय धार्मिक पर्यटकमार्फत मन्दिरमा चढाएको भेटी एक महिनामा ३० हजार आईसी संकलन भएको बताउनुभयो । बेनी नगरपालिका–६ ठूलो पहिरो स्थित पवित्र कालीगण्डकीको शिला गत बर्षको माघ १२ गते गलेश्वर मन्दिरबाट पुजाआजा गरेर लगेपछि दर्शन गर्ने भारतीय धार्मिक पर्यटक संख्यामा बृद्धि आएको छ। शिला हस्तान्तरणले गलेश्वर मन्दिरको महत्व थप बलियो बनाउदै धार्मिक पर्यटन बृद्धिमा सहयोग पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध तिर्थस्थल मानिन्छ । धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा नदी र कालीगण्डकीको पवित्र संगममा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनीबजार र म्याग्दी नदी रहेका छन् । बेनीबजारबाट तीन कि। मि। उत्तरतर्फ प्रवित्र धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर रहेको छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ ।  
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP