बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो तयार पारेको छ । नगरपालिकाको पहिचान झल्कने खालको लागो विहिबार दशौं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुरत केसीले सार्वजनिक गर्नुभयो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो ।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्वृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको नगरपालिकाको लोगोमा नगरको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ ।उत्कृष्ट लोगो डिजाइनका लागि नगरपालिकाले यसअघि २५ हजार पुरस्कार सहित सार्वजनिक सूचना प्रकाशित गरेर आह्वान गरेको थियो ।
[caption id="attachment_68758" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
खुल्ला प्रतिस्पर्धा मार्फत प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१०,का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छनौंट गरेको नगरप्रमुख केसीले बताउनुभयो । खत्री नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत हुनुहुन्छ ।पुरस्कार स्वरुप प्राप्त गरेको नगद रकम खत्रीले अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गर्नुभयो । बेनी –५, बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई १२ हजार पाँच सयका दरले सहयोग गर्ने उहाँले बताउनुभयो ।बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताउनुभयो । नगरपालिकाले सरकारी कामकाजका लागि राष्ट्रिय सँगै आफनो लोगो पनि प्रयोगमा ल्याउने प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।
[caption id="attachment_68755" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
विसं २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्गे, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।यसैगरी स्थापना दिवसका अवसरमा दश वडाका एक÷एक विपन्न नागरिकलाई नगद पाँच हजारका दरले आर्थिक सहयोग वितरण गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।
[caption id="attachment_68743" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
वडा नम्बर १ देखि १० सम्मका क्रमश ः लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि.क., ज्ञानमाया श्रेष्ठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो ।
[caption id="attachment_68757" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५ जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान समेत गरेका छन् ।सार्वजनिक भएका एचआइभी सङ्क्रमित दश जनालाई एआरभी औषधि लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत दश हजार रुपियाँका दरले सहयोग गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।
[caption id="attachment_68756" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68755" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68754" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68753" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68752" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68751" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68750" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68749" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68748" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68747" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68746" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68745" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_68744" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]