शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना युएईको अध्यक्षमा पुनःराम्जाली
मोना युएईको अध्यक्षमा पुनःराम्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २८, २०८०
351527102_1698700903919288_7594488818546233496_n
म्याग्दी । सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी प्रवासी नेपाली संघ (मोना) संयुक्त अरब इमिरेट्स (युएई)को अध्यक्षमा सुवास राम्जाली मगर दोहोरिनुभएको छ । रोजगारी लगायत विभिन्न सिलसिलामा युएईमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युएईकाे आइतबार सम्पन्न संस्थाको साधारणसभा –२०२३को अधिवेशनबाट दास्रो कार्यकालको लागि अध्यक्ष पदमा राम्जाली दोहोरिनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा किरण खत्री,उपाध्यक्षमा बेक प्रसाद पुन र टेक फगामी, महिला उपाध्यक्ष यम कुमारी रोका, महासचिवमा काजीमान बुढाथोकी मगर,सचिव नर छन्त्याल, कोषाध्यक्ष कुमार कार्की, सह–कोषाध्यक्ष चन्द्र भण्डारी रहनुभएको छ । महासचिव बुढाथोकीका अनुसार कार्यसमितिको सदस्यहरुमा लोकेन केसी,मुना श्रीपाली,रमेश भण्डारी,खिम कुमारी रोका , गोपाल केसी,यमराज घर्ती र पार्वती अर्मजालाई चयन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईका संरक्षक ई.नन्द गर्बुजाले युएईमा रहेका म्याग्दीलीहरु बिचमा एकता गराउन मोनाले महत्वपुर्ण काम गरेको बताउनुभयो । उहाँले प्रवासमा छरिएर रहेका म्याग्दीलीहरुविचमा एकता मात्र नभई परदेशी भुमिमा जिल्लाबासीको सुखदुख तथा जिल्लामा हरेक क्षेत्रको विकासमा समेत मोनाको भुमिका उल्लेखनीय रहेको बताउनुभयो । सोही कार्यक्रममा मोना युएईका संरक्षक संरक्षक सुशील केसी, प्रकाश कार्की, सल्लाहकार बिक्रम अधिकारी ,बागलुङ सेवा समाजका अध्यक्ष रत्न बिक,पर्वत सेवा समाजका अध्यक्ष कमल लामिछाने,तनहुँ सेवा समाजका अध्यक्ष सुदिप कार्की,गुल्मी सेवा समाजका अध्यक्ष हुमराज बिकले मोनाले हरेक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । अध्यक्ष राम्जालीले संस्थालाई थप उत्कृष्ट बनाउन यसअघिको कार्यकालको अनुभव र सबै संगको सहकार्यलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले संस्थालाई थप बलियो बनाउन सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो । राम्जालीको अध्यक्षता, मोना युएई महिला उपाध्यक्ष यम कुमारी रोकाको स्वागत र महासचिव बुढाथोकी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक सुशीला केसी सहितका अतिथीले बधाई तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । साधारणसभाको अवसरमा थाली सहित विभिन्न नृत्य सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।  
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २३:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP