शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘पुन’ छुट्टै जाति होइन भन्दै तथ्याङ्क सच्याउन पुन समाज र नेपाल मगर संघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
‘पुन’ छुट्टै जाति होइन भन्दै तथ्याङ्क सच्याउन पुन समाज र नेपाल मगर संघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ३०, २०८०
ggm
म्याग्दी । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग कार्यालयले यहि जेठ १९ गते जारी गरेको भाषा र धर्म सम्वन्धीको तथ्याङ्क प्रति असन्तुष्टि जनाउदै संघ र पुन समाज म्याग्दीले सयुक्त रूपमा मंगलबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई ज्ञापन पत्र मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगरले बताउनुभयाे । ज्ञापनपत्र बुझाउँदै नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोक बहादुर पुन मगर (लोकेश)ले पुन मगर जातिको प्रमुख थर भएको तर छुट्टै जाती नभएको बताउनुभयाे । ‘राष्ट्रिय तथ्यांक कार्यालयले गरेको यो गम्भिर गल्ती हो यसलाई अविलम्व सच्याउनका लागि हाम्रो जोडदार माग रहन्छ,’ पुनले भन्नुभयो । आदिवासी जनजाति प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिकृत संख्यात्मक रुपमा सवै भन्दा धेरै संख्यामा रहेको आदिवासी मगर जातिभित्रको एक प्रमुख थर पुन भएको तर नेपाल सरकार अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा लिखित रुपमा पटक पटक जातिलाई फुटाउने दुराशयले पुनको छुट्टै संख्या निकाल्ने जस्तो अक्षम्य गल्ती भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकारको यस प्रकारको त्रुटीले मिलेर बसेको मगर समुदायलाई द्वन्दको विजारोपण गराएको हुनाले तत्कालै सच्याउन पत्र मार्फत अनुरोध गरिएको छ । इतिहाँस, भूगोल, भाषा, संस्कृति, भेषभुषा, रहनसहन र प्राचिन हिसाबले पुनहरु मगर जातिभित्रको एक प्रमुख थर भएको हुनाले ३ दिन भित्र पुन जाति भनि सार्वजनिक गरिएको ९ हजार ८ सय २७ संख्यालाई तुरुन्तै मगर जातिको संख्यामा गाभ्न निर्देशन गर्नका लागि सरकारको ध्यानाकर्षण गराईएको छ । २०७८ सालको राष्ट्रिय जनगणनामा म्याग्दीमा पनि अन्नपूर्ण गाउँपालिकामा ३ हजार ४ सय १४ र रघुगंगा गाउँपालिका ३ सय ४५ गरि ३ हजार ७ सय ६५ संख्याले जातिमा पुन लेखाएको तथ्यांकमा देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP