शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रभात बोसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न जिल्ला अदालत म्याग्दीको आदेश
प्रभात बोसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न जिल्ला अदालत म्याग्दीको आदेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ३२, २०८०
प्रभात बाेसेल
बेनी । शरिर बन्धक र अपहरण आरोपमा पक्राउ परेका प्रभात बोसेललाई २ लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । विहिबार जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालको एकल इजलासले बोसेललाई धरौटीमा छाड्न थुनछेक आदेश दिएकाे हो । बागलुङ नगरपालिका–९,तित्याङका २२ वर्षिय प्रभात बोसेल विरद्ध बेनीकी एक युवतिले जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । याे पनि... [embed]https://myagdinews.com/2023/05/68553/[/embed] अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि उनी तत्काल रिहा भने हुने छैनन् । उनीविरुद्ध परेको जबरजस्ती करणीको मुद्दाको अनुसन्धान भइरहेको छ । कास्की प्रहरीले उनीविरुद्ध लागेको जबरजस्ती करणीको आरोपमाथि अनुसन्धान गरिरहेको छ । भोली शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा अभियोजन पेश गर्ने जनाइएको छ । उक्त मुद्दाको आदेश नआएसम्म उनी प्रहरी हिरासतमै हुनेछन् । म्याग्दी अदालतमा बोसेल विरुद्धको अपहरण र शरिर बन्धक सम्बन्धी बिचाराधिन मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । जिल्ला अदालत म्याग्दीका तहसिलदार शंकर सापकोटाका अनुसार प्रभातले तोकिएको धरौटी रकम बुझाएनन् ।धरौटी जम्मा नगरेको, मुद्दाको अन्तिम फैसला नभएको र अर्को मुद्दा बिचाराधिन रहेकाले प्रभात छुट्न सकेनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले कास्कीको अर्को मुद्दाको थप अनुसन्धान गर्नका लागि प्रभातलाई कास्की पठाइएको बताउनुभयो । विहिबार प्रभातका सर्मथकहरु अदालत बाहिर भेला भएका थिए । उच्च सुरक्षाका साथ प्रहरी परिचालन गरिएको थियो । प्रभातलाई अदालतबाट जिल्ला प्रहरी कार्यालय लगेपछि समर्थकहरुले बेनी बजारको बालमन्दिरचोकमा केही समय उनको पक्षमा नाराबाजी समेत गरेका थिए ।म्याग्दीकी  ४३ (४०) ( परिवर्तित जाहेरीवाला)ले अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले यही जेठ ७ गते पक्राउ गरेको थियो । बेनीबाट अपहरण र पोखरामा जवरजस्ती करणी गरेको उजुरी छ ।प्रभातका सर्मथक, दलित अगुवा र आफन्तहरुले भने अन्तरजातीय बिवाहका कारण केटीले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेद भएको भन्दै देशका विभिन्न ठाउँमा प्रर्दशन गर्दै आएका छन् । प्रतिनिधिसभा र गण्डकी प्रदेशसभाको बैठकमा पनि सांसदहरुले प्रभातलाई जातीय विभेद भएको भन्दै आवाज उठाएका छन् । २२ वर्षीय प्रभात भ्लगर र मोटरसाइकल राईडर हुन् । बेनी नगरपालिकाकी युवती २० वर्षीया हुन् । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । अन्तरजातीय सम्बन्धलाई परिवार र समाजले नस्वीकार्ने देखेपछि उनिहरु भागेर पोखरा,चितवन हुँदै भारतको कलकत्ता स्थित प्रभातको आफ्नो मामाको घरमा करिब एक महिना दुई जना सँगै बसेर नेपाल आएपछि छुट्टिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २०:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP