शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडिओ)
गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ५, २०८०
355418538_218554087776562_1412707874404629928_n
बेनी। म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । भिडिओ... [embed]https://youtu.be/aVMzAUuBSiA[/embed]   छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई वृत्तचित्रमा समावेश गरिएको छ । कार्यक्रममा नेपाल छन्त्याल संघ म्याग्दीका सचिब मनबहादु छन्त्यालले वृत्तचित्र सार्वजनिक गर्नुभएको थियो । वृत्तचित्र सार्वजनिक गर्दै उहाँले आधुनिकताको प्रभाबले छन्त्याल समुदायको कला संस्कृति समेत हराएर जाने जोखिम बढीरहेको अवस्थामा वृत्तचित्रले नयाँ पुस्तालाई पुख्र्यौली संस्कृतिको बारेमा सुसुचित गराउने बताउनुभयो । उहाँले आगामी दिनमा समग्र जिल्लाभरका छन्त्याल समुदायको कला र संस्कृति संगै भाषा र जनजिवनलाई समेत उजागर गर्ने गरि वृत्तचित्र निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा मगरले नेपालको अल्पसख्ंयक जातीको रुपमा सुचिकृत छन्त्याल समुदायको हराउँदो कला, संस्कृतिको संरक्षणका लागि यस बर्ष वृत्तचित्र निर्माण संगै उनीहरुलाई मौलिक भेषभुषा समेत सहयोग गरिएको बताउनुभयो । उहाँले स्रोत सिमित हुँदा दुर्गम बस्ती गुर्जा गाउँलाई प्राथमिकता दिएर उक्त कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन पहल गरिने बताउनुभयो । म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP