शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम : घरेलु मदिराको ब्राण्डिङ गर्ने
मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम : घरेलु मदिराको ब्राण्डिङ गर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ६, २०८०
355091086_676896064450795_4759110191758654365_n
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ । गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको हो । त्यस्तै गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले पेस गर्नुभएको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, सहकारी विधेयक, न्यायीक सम्वन्धी कार्यविधि व्यवस्थित गर्न बनेको विधेयक पनि पारित भएको छ । गाउँसभा सदस्यहरुको उपस्थितिमा अध्यक्ष गर्वुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, लैंगिक समानता, आर्थिक विकास, उद्योग तथा पर्यटन विकास, कृषि तथा पशुपंक्षी, सहकारी, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा जलवायु परिवर्तन, विपद व्यवस्थापन, लगायतका क्षेत्र प्राथमिकता साथ समावेश भएका छन । गाउँपालिकाले भौतिक पूर्वाधार विकास तर्फ शहरी योजना, बस्ती विकास, आवास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । पालिकाले जीवन उपयोगी सिपमा आधारीत शैक्षिक पाठ्यक्रमको विकास गर्ने नीति लिएको छ । पालिकालाई खुल्ला बहुसांस्कृतिक र मगर संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्ने, युवालाई विदेश होइन विजनेस भन्ने भावनाको जागृत तुल्याई स्वरोजगार बनाउने, मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगहरुको निशुल्क जाँच र उपचारको व्यवस्था मिलाउने नीति लिएको छ । पालिकाले औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरि निर्माण कार्य अघि बढाउने, गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुलाई जोड्नका लागि पर्यटकीय सडक संजाल कार्यान्वय प्रारम्भ गर्ने, स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गर्ने, किसान चौतारी जोतौँ खेतबारी कार्यक्रम संचालन गरि बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने, र त्यसका लागि आवश्यक मेसिनरी औजारहरु किसानलाई सहुलियतमा उपलब्ध गराउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने, गाँजा खेतीको बारेमा अध्ययन अनुसन्धान गर्ने कार्यक्रम बनाउने भएको छ । सडक, खानेपानी, सिचाई तर्फ प्रयाप्त योजनाहरु संचालन गर्ने भएको छ । कम विकसित क्षेत्रलाई मुल प्रवाहमा ल्याउन आयोजना वैंक तयार गरि सोही अनुसार बजेट विनियोजन गर्ने नीति पालिकाले लिने भएको छ । कार्यक्रममा अध्यक्ष गर्वुजाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प अनुसार समस्त गाउँपालिका बासीको आवश्यकता र चाहनालाई ध्यानमा राखी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । आर्थिक बर्ष २०८०÷८१ को बजेट भने आगामी असार १० गते प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०६:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP