शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट
मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ७, २०८०
356055888_1214571089242647_7254833200696405876_n
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि ४४ करोड ८१ लाखको बजेट ल्याएको छ । विहिबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २ करोड ४६ लाखले बढि हो । उपाध्यक्ष खत्रीले चालुतर्फ २८ करोड ३१ लाख ६१ हजार ७ सय(६३.२०) प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख ५० हजार (३६.८०) प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २२ करोड ५९ लाख विनियोजन भएको छ ।त्यस्तै पूर्वाधार विकासतर्फ ११ करोड ३९ लाख, आर्थिक विकासतर्फ २ करोड ४६ लाख ५० हजार, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड ७५ लाख ५ हजार ७ सय रुपैयाँ बेजट विनियोजन भएको छ ।पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नति, सुरुक्षित भवन आवास तथा शहरी विकास, सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । सामाजिक विकासतर्फ शिक्षामा नेपाल सरकारको सशर्त अनुदार र गाउँपालिकाबाट छुट्टै विनियोजन गरि १८ करोड ६९ लाख ५० हजार बजेट विनियोजन भएको छ । त्यस्तै स्वास्थ्यमा योग अभ्यास कक्षा संचालन, सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्य, बालबालिकाको पोषणमा सुधार, उपाध्यक्ष सुत्केरी उपहार कार्यक्रम, औसधि खरिद लगायत गरि सशर्त अनुदान सहित २ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ ।खानेपानी तथा सरसफाईका लागि रु ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषितर्फ ८६ लाख र पशुपंक्षी विकासतर्फ ३१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।गाउँपालिकाले योजना बैँक तयार पारि कार्यान्वयन गर्ने नीति लिएको छ । विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीति अवलम्वन गरिने भएको छ । कृषि, पशुपालन, पर्यटन, सिँचाई, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्वपूर्ण उपलव्धी हाँसिल हुनेगरि कार्यक्रम निर्माण गरिएको छ । अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले विहिबारनै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेलले जानकारी दिनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख दिल कुमारी खत्रीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २१:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP