शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको बजेट ४३ करोड ५७ लाख (तस्बिरहरु)
रघुगंगा गाउँपालिकाको बजेट ४३ करोड ५७ लाख (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार ८, २०८०
IMG_2651
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१को लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । विहिबार गाउँपालिको केन्द्र मौवाफाँटमा आयोजित १५औं गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हजार ६ सय रुपैयाँ बजेट छलफल सहित पारित भएको हो । सामाजिक सुरक्षा भत्ता बाहेक चालुतर्फ ३४ करोड ४९ लाख ५७ हजार रुपैयाँ अर्थात ७९.१० प्रतिशत र पुँजीगत तर्फ ९ करोड ८ लाख ३० हजार रुपैयाँ अर्थात २०.१० प्रतिशत विनियोजन गरिएको उपाध्यक्ष पुनले बताउनुभयो । गाउँपालिकामा बार्षिक रु ११ करोडको हाराहारीमा सामाजिक सुरक्षा भक्ता वितरण हुने गरेको छ ।सशर्त अनुदान अन्तरगतका धेरै कार्यक्रमहरु चालु खर्च अन्तरगत समावेश भएकाले चालु बजेटको आकार बढेको गाउँपालिकाका उपाध्यक्ष पुनले जानकारी दिनुभयो । बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान र ७ करोड ९१ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व फाँडफाँडको रु ८ करोड ६८ लाख ११ हजार ६ सय, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने विक्तिय समानीकरण अनुदान रु ९५ लाख ११ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ७४ लाख ६५ हजार, प्रदेश समपुरक अनुदान अन्तरगत रु ६० लाख, विशेष अनुदान अन्तरगत रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि आन्तरिक राजश्वबाट प्राप्त हुने रु १ करोड ३० लाख, संघीय सशर्त अनुदान चालु तर्फ रु २० करोड ५९ लाख र पुँजीगत तर्फ रु १ करोड १० लाख, संघीय समपुरक अनुदान पुँजीगत तर्फ रु ५० लाख र संघीय विशेष अनुदान रु ५० लाख स्रोत अनुमान गरिएको छ । विनियोजित बजेटमध्ये सामाजिक विकासतर्फ रु २७ करोड ८५ लाख ७ हजार, शिक्षातर्फ रु १८ करोड ८० लाख ९७ हजार, पूर्वाधार विकासमा रु ५ करोड ७ लाख, खानेपानी तथा सरसफाईतर्फ रु १ करोड २४ लाख ९० हजार, आर्थिक विकासमा ९१ लाख, वन वातावरण विपद् व्यवस्थापन र भूमिव्यवस्थातर्फ रु ३९ लाख सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५७ लाख ५० हजार विनियोजन गरिएको छ । गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । ‘समृद्ध रघुगंगाः सुखी रघुगंगाबासी’ भन्नु मूल नारालाई आत्मसाथ गर्दै रैथाने बालीको संरक्षण, कृषिको व्यवसायिकरणमा जोड दिएको रघुगंगाको नीति तथा कार्यक्रममा पशुपालन, उद्योग, व्यापारको व्यावसायिकरण, पर्यटनको प्रवद्र्धनमा जोड दिईएको छ । विकास निर्माण योजना कार्यान्वयनमा रोजगार सिर्जना गर्न स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोगमा जोड दिएको रघुगंगाले शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, खानेपानीको पहुँच विस्तार र सडकको स्तरीकरणमा जोड दिएको छ । गाउँसभामा अध्यक्ष भण्डारीले आर्थिक सर्वेक्षण २०७९÷०८० पेश गर्नुभएको थियो भने उपध्यक्ष पुनले प्रस्तुत गर्नुभएको आर्थिक ऐन र विनियोजन ऐन समेत पारित भएको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई प्रभाबकारी कार्यान्वयन मार्फत गाउँपालिकाको विकासर समृद्धिको यात्रालाई अघि बढाउन सम्बद्ध सरोकारवालाहरुबिच रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, २ का अध्यक्ष अमृत भण्डारी, ४ का अध्यक्ष पविन गर्वुजा, ५ का अध्यक्ष मनबहादुर शेरमञ्जा, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ७ का अध्यक्ष थकबहादुर पाईजा, ८ का अध्यक्ष गमान छन्त्याल लगायतले आर्थिक मन्दिका कारण संघीय सरकारले पठाउने अनुदानमा कटौती हुँदा बजेटको आकार घटेको बताउँदै स्थानीय आम्दानीका स्रोतको पहिचान र उपयोगमा आबश्यक नीति निर्माण गरि कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको थियो । गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाले उत्कृष्ट कर्मचारीको रुपमा शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०७:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP