शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गुर्जामा सडक पु¥याउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम
गुर्जामा सडक पु¥याउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार ८, २०८०
356181872_763366372136443_1154320710623901986_n
मुना। म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ ।मुना स्थित गाउँपालिकाको केन्द्रमा बिहिबारदेखि शुरु भएको बिसौ गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ । टोल, वडा, विषयगत समिति र कार्यपालिकामा छलफल गरि उपलब्धी देखिने र सिमित स्रोतबाट नागरिकका अधिकतम अपेक्षा सम्बोधन गर्न सकिने किसिमका योजना तथा कार्यक्रमलाई जोड दिएको अध्यक्ष पुनले बताउनुभयो । “अर्थतन्त्रमा देखिएको समस्याले संघीय सरकारबाट प्राप्त हुने अनुदान घटेर आएको र हाम्रो आन्तरिक आम्दानी वार्षिक रु। तीस लाख मात्र रहेको छ,” उहाँले भन्नुभयो “महत्वाकाक्षी भन्दा पनि यहाँको भूगोल, नागरिकको आवश्यकता र सम्भावना तथा उपलब्धीको विष्लेषण गरेर योजना तथा कार्यक्रम सञ्चालन गर्ने नीति लिएका छौ ।” संघीय सरकार र प्रदेश सरकारको लागत साझेदारीमा वडा नम्बर १ गुर्जालाई यातायात सञ्जालसँग जोड्ने, जलजला हुदै ढोरपाटन, खाम्ला–खिवाङ, मल्कवाङ हुदै रघुगंगाको चौरखानीलाई सडक सञ्जालले जोड्ने नीति लिएको छ । बेनी–दरबाङ–थापाचौर–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा–डोल्पा जोड्ने अन्तरप्रदेश स्तरीय काठमाडौ देखि डोल्पा जोड्ने छोटो दुरीको द्रुत हिमालय राजमार्गको परिकल्पना गरिएको छ । बागमति, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश जोड्ने यो सडक काठमाडौ देखि तीन सय किलोमिटरको दुरीमा डोल्पा जोडिने छोटो दुरिको हुने, आर्थिक, सामाजिक, पर्यटकीय हिसाबले महत्वपूर्ण हुने बताइएको छ । मुना–लुलाङ–गुर्जा, गुर्जा–रुकुम–डोल्पा र मल्कवाङ–मराङ–मुदी–मुना सडकलाई रणनीतिक सडक आयोजनाको रुपमा कार्यान्वयन गरिने भएको छ । निर्माणाधिन गाउँपालिकाको प्रशासकीय, ताकम अस्पताल, मुदी स्वास्थ्य चौकी, मराङ वडा कार्यालय भवन, मराङ खानेपानी आयोजनालाई पूर्णता दिने ५ वर्षभित्र सबै घरधुरीमा निजी धारा मार्फत खानेपानी वितरण गर्ने र विद्युतीरण गरि उज्यालो पालिका घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नर्जा खोला झरनामा डिपिआर तयार पारेर सौन्दर्यकरण गर्ने, जलजलामा सामुदायिक पर्यटकलाई खाने वस्ने सुविधाका लागि संरचना बनाउने, धवलागिरी, गुर्जा, चुरेन हिमालको आधार शिविर क्षेत्रमा पूर्वाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । धवलागिरी गाउँपालिकाले धातुका सामान निर्माण गर्ने सिप भएका श्रमिकहरुको सीपलाई व्यवसायिकरण गर्न “एक टोल, एक आरन” को अवधारणा अघि सारेको छ । परम्परागत आरन व्यवसायलाई परिकृत गर्न अनुदान दिने अध्यक्ष पुनले बताउनुभयो । विदेशबाट फर्केका बेरोजगार युवाहरुको उद्यम विकास, आयआर्जन र व्यवसायमा जोड्न “गाउँमै बसौ, यही उद्यम गरौ” भन्ने कार्यक्रम सञ्चालन गर्ने, अल्लो र कागज उद्योग सञ्चालन गर्न अनुदान दिने भएको छ । दर्ता नभई सञ्चालनमा रहेका औषधी पसललाई नियमन गर्ने, दिर्घरोगीसँग अध्यक्ष र सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिने, लुलाङ र दरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने भएको छ । “एक वडा, एक पकेट क्षेत्र” कार्यक्रमलाई निरन्तरता दिने, गाउँपालिका स्तरीय कृषि महोत्सव सञ्चालन गर्ने, घुम्ति गोठलाई सोलार टुकीको व्यवस्था मिलाउने, प्राङगारिक खेतीलाई प्रोत्साहन गर्न “टनेल हाम्रो उत्पादन तपाइको”, जडिवुटी नर्सरी स्थापना र खेतीलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरी जडिवुटीको बिक्रि बितरणलाई करको दायरामा ल्याउने नीति लिएको छ । विद्यार्थीहरुको पठनपाठनप्रति आकर्षण र सिकाई उपलब्धी बढाउन शैक्षिक सामग्रीको निर्माण, प्रर्दशनी मार्फत पठनपाठन गराउने, स्थानीय पाठ्यपुस्तक लागू गर्ने, बालमैत्री गाउँपालिका बनाउने, शिवाङको आवासीय माविलाई निरन्तरता दिने, मावि तह सञ्चालन भएका विद्यालयमा परिक्षणका लागि स्मार्ट स्कुलको अभ्यास गरिने, ताकमको अन्नपूर्ण पुस्तकालयलाई पालिकाको अध्ययन केन्द्रको रुपमा विकास गर्ने भएको छ । पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन, राष्ट्रिय र अन्तराष्ट्रिय पदक विजेता खेलाडीलाई प्रोत्साहन, “एक वडा एक महिला उद्यम समूह कार्यक्रम”लाई निरन्तरता, बालबिवाह न्युनीकरण र विभेद तथा हिंसा रहित समाज निर्माणमा जोड दिने भएको छ । वातावरण प्रदुषण न्युनीकरण गर्न “पालस्टिक बाल्न पनि हुुन्न र फाल्न पनि हुन्न” भन्ने अभियान चलाउने तथा सिसाजन्य फोहोरको समस्या न्युनीकरणको नीति लिएको छ । वडा स्तरमै पुगेर योजना सम्झौता लगायतका सेवा दिने र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने र राजस्व संकलनमा सफ्टवयरको प्रयोग गर्ने भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले आगामी वर्षको बजेटमा उपलब्धी देखिने योजना र प्रभावकारी हुने कार्यक्रमका लागि प्राथमिकता दिएको बताउनुभयो । विषयगत समिति मार्फत योजना निर्माण र बजेट बिनियोजन गरेर परम्परागत शैली फेरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले चालु आर्थिक वर्षका ८५ प्रतिशत भन्दा बढी योजना कार्यान्वयन र अन्तिम किस्ता भुक्तानी भइसकेको बताउनुभयो । शुक्रबार बजेट सार्वजनिक गरिने उहाँले बताउनुभयो । वडा नम्बर १ का अध्यक्ष झक छन्त्याल र ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले धवलागिरीबासीको जिवनस्तर सुधारका लागि योजना तथा कार्यक्रम र बजेट केन्द्रित गरिएको बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी इकाईका सभापति तेजिन्द्र थापाले सरोकारवालाहरुको सुझाव अनुसार योजना बनाएमा कार्यान्वयनमा सहज हुने र प्रभावकारी देखिने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ०६:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP