शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • १८औं जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टलाई
१८औं जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्टलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर १४, २०७६
IMG_2240

बेनी,शनिबार मंसिर १४ गते ।

१८ औं नरेश मोवाइल अन्तर मावि जिल्ला स्तरिय जेसीज कपको उपाधी न्यु वेष्ट प्वाईन्ट आवासीय मावि बेनीले हात पारेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन प्रतियोगिताको फाइनल खेलमा बुद्ध एकेडेमी बोर्डिङ्ग स्कुल बेनीलाई १ का विरुद्ध ८ गोल गर्दै उपाधी जित्न सफल भएको हो ।

म्याग्दी जेसिजको आयोजनामा बेनीको खुल्ला मञ्चमा सम्पन्न प्रतियोगिाताको फाइलन खेलमा विजेता न्यु वेष्ट प्वाईन्ट आवासिय माविले ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ । भने उपविजेता बुद्ध एकेडेमी आवासीय माविले ३१ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । यसैगरी प्रतियोगिताको अनुशासित विद्यालयको रुपमा दरबाङको केबी एकेडेमी बोर्डिङ स्कुल सात हजार सात सय ७७ रुपैयाँबाट सम्मानित भएको छ । न्यु वेष्ट प्वाईन्ट आवासीय मावि लगातार तीन पटक जेसीज कप विजेता बन्दै रनिङ्ग शिल्ड आफ्नो पोल्टामा पार्न सम्फल भएको छ ।


बुद्ध एकेडेमीका टिम क्याप्टेन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । यसैगरी न्यु वेष्ट प्वाईन्ट आवासीय माविका टिम क्याप्टेन तेजिन घर्ति मगर उत्कृष्ट डिफेण्डर, प्रतियोगिता अवधिभर १२ गोल गर्न सफल न्यु वेष्ट प्वाईन्ट आवासीय माविका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता, न्यु वेष्ट प्वाईन्ट आवासीय माविका आदित्य बिक मिडफिल्डर,सामुदायीक माविका विजय छिनाल स्ट्राइकर,न्यु वेष्ट प्वाईन्ट आवासीय माविका सज्जन बराइली गोलरक्षक र बेनी सामुदायीक माविका गौतम केसी द राइजिङ प्लेयर ,न्यु वेष्ट प्वाईन्ट आवासीय माविका खेल शिक्षक दिपेन राई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएको फुटबल प्रतियोगिताका प्रवक्ता एवम् म्याग्दी जेसीजका कार्यकारी उपाध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सम्मानित सबैलाई २ हजार पाँच सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताउनुभयो ।

गत मंगलबार देखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले भाग लिएका थिए । विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगितोको आयोजना गरिएको आयोजक जेसिज म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो ।

चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने अध्यक्ष थापाको विश्वास छ ।
सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर रारा गुरुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १७:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP