शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको करिब ४४ करोडको बजेट पारित
धवलागिरी गाउँपालिकाको करिब ४४ करोडको बजेट पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार ९, २०८०
DRM-Budget-1536x1152
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०्०८१ का लागि रु ४३ करोड ८९ लाख ५४ हजार २०० को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न बिसौ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।क्षेत्रगत रुपमा आर्थिक विकासमा रु पचास लाख ८० हजार, सामाजिक विकासमा रु बीस करोड, ८१ लाख, पूर्वाधार विकासमा रु १३ करोड १२ लाख चालिस हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु ८१ लख ७० हजार र सुशासन तथा संस्थागत विकासमा रु आठ करोठ ६३ लाख ३५ हजार बिनियोजन भएको छ । आगामी आर्थिक वर्षको बजेटमा रु ३५ लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको धवलागिरीले संघीय, प्रदेश सरकारको अनुदान र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटलाई स्रोतमानिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजालले बताउनुभयो ।भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जालाई सडक सञ्जालसँग जोड्न संघीय सरकारसँग साझेदारी गर्न धवलागिरीले रु दुई करोड बिनियोजन गरेको छ । लुलाङ–गुर्जा सडक आयोजनालाई संघीय र प्रदेश सरकारले रु दुई÷दुई करोड बिनियोजन गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा रु पचास लाख बिनियोजन गरेको धवलागिरीले नेवासँग संग साझेदारी गरेर वडा नम्बर २ को खोरीया र लमसुङमा एक घर एक धारा खानेपानी आयोजना बनाउने भएको छ ।   स्वास्थ्य क्षेत्रमा दिर्घरोगीसँग अध्यक्ष र सुनौला हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको धवलागिरी गाउँपालिकाले निजी स्रोतबाट सञ्चालित विद्यालयहरुलाई १२ जना शिक्षकको तलब अनुदान दिन बजेट बिनियोजन गरेको जनाएको छ । हेम नमुना आवासीय मावि सञ्चालन गर्ने जनाएको धवलागिरीले २०८१ द्येखि स्थानीय पाठ्यपुस्तक लागू गर्न रु दश लाख बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा चालुतर्फ रु ३० करोड ३८ लाख ४२ हजार ६०८ बिनियोजन भएकोमा रु अठार करोड ३९ लाख त्रिपन्न हजार २८० र पुँजिगत शिर्षकमा रु १७ करोड ६७ हजार ८१९ बिनियोजन भएकोमा रु सात करोड ८९ लाख ५९ हजार ८१९ बिनियोजन भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा रु ५३ करोड ८५ लाख ९९९ बजेट बिनियोजन गरेको धवलागिरीले संघ र प्रदेश सरकारको अनुदान घटेको र आन्तरिक आम्दानी न्युन भएपछि गत वर्षको भन्दा रु दश करोड कमको बजेट ल्याएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिएको छ । टोल, वडा, विषयगत समिति र कार्यपालिकामा छलफल गरि उपलब्धी देखिने र सिमित स्रोतबाट नागरिकका अधिकतम अपेक्षा सम्बोधन गर्न सकिने किसिमका योजना तथा कार्यक्रमलाई जोड दिएको अध्यक्ष पुनले बताउनुभयो ।  
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP