शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा १५ दिने चप्पल बनाउने तालिम सम्पन्न (तस्बिरहरु)
गलेश्वरमा १५ दिने चप्पल बनाउने तालिम सम्पन्न (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार ९, २०८०
IMG_5849
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने १५ दिन तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा सञ्चालित चप्पल बनाउने तालिम शनिबार सम्मन्न भएको हो । महिलाहरुलाई स्वरोजगार मार्फत आर्थिक रुपमा सवल र सक्षम बनाउने उद्धेश्यले आमा समूहसँग उपमेयर कार्यक्रम अन्तरगत गलेश्वरधाम लगायत तीन आमासमूहका २० जना दिदिबहिनीलाई चप्पल बनाउने तालिम दिएको गलेश्वरधाम आमासमूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो । उहाँले सहभागिले सात किसिमका चप्पल बनाउने सिप सिक्नुभएको जानकारी दिनुभयो । समापन कार्यक्रममा उपप्रमुख ज्योती लामिछानेले सामुहिक रुपमा सिकेको सिपलाई ब्यवसायीक रुपमा अघि बढाउन तालिममा सहभागि आमासमूहका सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक हिंसा न्यूनिकरण गराउनका लागि पनि महिलालाई सिप सिकाएर आत्मनिर्भरको बाटोबाट समाजलाई अघि बढाउन सिपमूलक सहयोग पुग्ने बताउनुभयो । उहाँले “आमासमूहसंग उपमेयर कार्यक्रमलाई आगामी आर्थिक बर्ष निरन्तरता दिएर सबै वडाका महिलाहरुलाई समेट्ने योजना रहेको जानकारी दिनुभयो । नगरका सामाजिक विकास संयोजक एवम् वडानम्वर ९ का वडाअध्यक्ष चक्रबहादुर केसीले तालिमबाट प्राप्त सिपलाई ब्यवसायीक रुपमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले नगरका दिदिबहिनीहरुलाई आयआर्जनमा जोड्ने उद्देश्यले आगामी बर्षपनि सिपमूलक कार्यक्रमलाई निरन्तरता योजना रहेको जानकारी गराउनुभयो । स्थानीय समाजसेबी बालकुमार लामिछानेले छोटो समयमा नै उत्कृष्ट चप्पल बनाउन सकेकोमा प्रशिक्षक र सहभागीलाई धन्यवाद दिनुहुदैं आफुले सिकेको सिपलाई सदुपयोग गर्दै उद्यमी बन्न आग्रह गर्नु भएको थियो । गलेश्वर स्थायी प्रहरी कार्यालयका असई विक्रम तिवारीले सिकेको सिपलाई निरन्तरतासंगै विस्तार गरेर दिदिबहिनीहरु आत्मनिर्भर बनेमा परिवारदेखि समाजका ९० प्रतिशत महिला हिंसा न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो । उक्त तालिममा सहभागीहरुको तर्फबाट आफ्नो धारणा राख्नुहुदैं रेखा पुनले तालिम अति फलदायि भएको आफुहरुले केहि गर्ने इच्छा धेरै अगाडि देखि राखेकोमा यस तालिमबाट उद्यमी बन्न सहयोग पुगेको बताउनुहुदैं यस्को एड्भान्स कोर्सको तालिम माग गर्नुभयो । आमा समुहकी सल्लाकार रविना भण्डारीले मानवीय विकास नभै मुलुक समृद्द हुन नसक्ने बताउँदै तालिममा मात्र सिमित नभएर सिकेका सिपलाई सदुपयोग गर्दै व्यक्तिगत वा सहकार्यको माध्यमबाट चप्पल उत्पादनको उद्यम शुरु गर्न आग्रह गर्नुभयो । गत जेठ २६ गतेबाट सुरुभएको १५ दिनसम्मको चप्पल बनाउने तालिमको सहजिकरण सम्झना परियारले गुर्नभएको थियो । गलेश्वरघाम आमा समूहकी उपाध्यक्ष पुर्जाको अध्यक्षता, कोषाध्यक्ष मनु फगामीको स्वागत मन्तव्य र सचिव निशा जिसीले संचालन गरेको कार्यक्रममा तालिम सहभागिलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २२:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP