शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार १२, २०८०
IMG_5917
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा विविध कार्यक्रमको आयोजना गरि लागुऔषध दुरुपयोग तथा अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । सोमबार गलेश्वर स्थायी प्रहरी कर्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा स्थानीयबासी र गलेश्वोर आदर्श आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग जनचेतना तथा अन्तरक्रिया कार्यक्रम गरी  दिवस मनाएको हो ।   समुदायलाई लागु औषधबाट मुक्त राख्ने लक्ष्यका साथ हरेक वर्षको जुन २६ तारिखलाई अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउदै आइरहको गलेश्वरधाम आमासमूहकी उपाध्यक्ष विन्दु कार्की पुर्जाले बताउनुभयो । सचेतना कार्यक्रमको सहजिकारण गर्दै गलेश्वर स्थायी प्रहरी कार्यालयका असई विक्रम तिवारीले लागु औषध कारोबारले अपराध र अराजकता निम्त्याउनुको साथै एचआइभी, हेपाटाइटिस लगायतका विभिन्न रोगहरू पनि यस कारणले सर्न सक्ने सम्भावना रहेको बताउनु भयो । लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, र दुरुपयोगलाई समयमै रोकथाम र नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समाज र अविभावकसँग समन्वय गरी संगठित रुपमा हातेमालो गर्न आवश्यक रहेको तिवारीको भनाई रहेको थियो । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुन, आमा समुहकी सल्लाकार रविना भण्डारी र समुहकी अध्यक्ष फुलकुमारी रोका लगायतले लागु औषध बालबालिका र किशोरकिशोरीहरुले प्रयोग गर्ने क्रम वढेकाले यसलाई रोक्न स्कूल, कलेज बिभिन्न गाउँ टोलस्तरमा मा जनचेतना मुलक कार्यक्रमहरुलाई वढाउनु पर्नेमा जोड दिनु भयो । समाजलाई सहि दिशा तर्फ लान र लागुऔषध मुक्त बनाउन समाजको पनि उतिनै महत्वपुर्ण हात रहेको चर्चा गरे । लागु औषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १ लाख ९० हजार मान्छे मर्ने गरेको विश्व लागूऔषध प्रतिवेदनले जनाएको छ । कार्यक्रममा गलेश्वर बाजारबासी, क्लव, इकाई प्रहरी कार्यलय गलेश्वर, शसस्त्र प्रहरी गुल्म, आमा समुह,  समाजसेवी, बुद्धिजीवी, बिधार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP