शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजला गाउँपालिकाको ४७ करोड १० लाखको बजेट पारित
जलजला गाउँपालिकाको ४७ करोड १० लाखको बजेट पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १५, २०८०
DSC_0016
लामाखेत। पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो । उपाध्यक्ष आचार्यले ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा संघीय सरकारको ४२ करोड १६ लाख पचास हजार,प्रदेश सरकारको दुई करोड ८१ लख २८ हजार,दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकमलाई बजेटको स्रोत मानिएको छ ।संघीय सरकारको अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालिगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सवैभन्दा बढी दुई करोड र संघीय सरकारको साझेदारीमा वडा नम्बर ७ धाईरिङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख विनियोजन गरिएको छ ।गाउँपालिकाको अस्थायी संरचना र कोल्डस्टोर भवन बनाउन जग्गा खरिदका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । वडा नम्बर १,२,३,४,६,७ र ८ ले सिफारिस गरेका वडा स्तीय योजनलाई ४०र४० लाख र वडा नमबर ५ लाई ४५ लाख र ९ नम्बर वडालाई ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडा कार्यालय भवनको वाँकी भुक्तानी दिन १५ लाख,गाउँपालिकाको भैपरी पूर्वाधार शिर्षकमा २० लाख,वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा १४ लाख २० हजार,एम्बुलेन्स सञ्चालन गर्न ५ लाख,विपन्नको स्वास्थ्य विमाका लागि ९ लाख,महिला स्वयसेविकालाई यातायात खर्च सात लाख असी हजार,ग्राम प्रकाश माविमा बालि विज्ञान विषय पढ्ने विद्यर्थीको छात्रवृत्तीका लागि तिन लाख २४ हजार विनियोजन गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी गाईगोरु पाल्ने किसानलाई अनुदान दिन ८ लाख,पशु विमाका लागि ३ लाख,कृतिम गर्भाधानमा अनुदान दिन दुईलाख,आलु खेतीको कार्यक्रमलाई ३५ लाख,विपद् तथा निजी आवास भुक्तानीमा ४० लाख,रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रमलाई ३० लाख विनियोजन गरिएको छ ।गाउँसभाको सुरुवातमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेपछि साँझपख सहमति जुटाएर बजेट ल्याइएको हो । अध्यक्षले एकलौटी तवरले बजेट ल्याउन खोजेको भन्दै गाउँसभामा उनीहरुले विरोध गरेका थिए । विरोधपछि केही समय गाउँसभास्थल तनावग्रस्त बनेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP