शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीलाई
गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार १६, २०८०
357477509_674791947979015_2533047651116678049_n
बेनी। गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधि चुम्न सफल भएको हो । पोखरा रंगशालामा भएको फाइनलमा म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः २५–१६, २५–१७ र १५–११ को अन्तरले पराजित गरेको हो । दोस्रो र तेस्रो सेटमा पर्वतसँग म्याग्दी २५–२१ र २५–१७ को अन्तरले पराजित भएको थियो । फाइनल खेलमा रोचक प्रतिस्पर्धा भएको थियो । पर्वतकी पुजा ठकुरीले उत्कृष्ट खेलाडीको उपाधी पाउनुभयो । म्याग्दीका टिम क्याप्टेन पवित्रा सिर्पालीले वेष्ट स्पाईक र रेविना घर्तिले वेष्ट सेटरको उपाधी पाएका जिल्ला खेलकुद विकास समितिका भलिबल खेल प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो । असार १४ गतेदेखि शुरु भएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो । बिजेता र उपबिजेताले क्रमश  एक लाख र सत्तरी हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । म्याग्दीको टिममा मनिषा तिलिजा, रेजिना घर्ति, सस्मीता पुन, सृजना पाईजा, एलिसा रोका, पवित्रा सिर्पाली, अनिषा रोका, युमना बुढा, माया तिलिजा र काजल छन्त्याल मैदानमा उत्रनुभएको थियो । म्याग्दीको टिमको प्रशिक्षक मलिन रोका र व्यवस्थापनको जिम्मेवारी जिल्ला भलिबल संघका कार्यवाहक अध्यक्ष खड्क केसीले पाउनुभएको थियो । शनिबार बिहान भएको सेमि फाइनल खेलमा म्याग्दीले बागलुङलाई पराजित गर्दै पर्वतसँग फाइनलमा भेट पक्का गरेको थियो । बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन) लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । पछिल्लो समय म्याग्दीका खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगितामा प्राप्त गरेको सफलताले जिल्लाका खेलप्रेमीहरु उत्साहीत भएका छन् । काठमाडौको किर्तीपुर नगरपालिकाले आयोजना गरेको मेयर कप अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगितामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको हो । एक पछि अर्को प्रतियोगितामा प्राप्त भएको सफलताले म्याग्दीका खेल क्षेत्रमा उत्साह छाएको छ ।  
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २०:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP