शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • छिपछिपेमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासी हर्षित (फोटोफिचर)
छिपछिपेमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासी हर्षित (फोटोफिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार २२, २०८०
IMG_3640
दरबाङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको च्युरीबाेट स्थित छिपछिपे गाउँमा नवनिर्मित झोलुङ्गे पुल निर्माण भएको छ । मालिका गाउँपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोगमा छिपछिपे खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त पुलको  बुधवार उद्घाटन गरिएको हो । झोलुङ्गे पुल निर्माण गर्नको लागि प्रादेशिक प्राविधिक सहयोगी निकाय (पिटिएपि) पोखरा, झोलुङ्गे पुल सहयोग इकाई (टिबिएसयु) पोखरा र मिलन म्याग्दीले प्राविधिक तथा सामाजिक सहयोग उपलब्ध गराएका थिए । नवनिर्मित झोलुङ्गे पुलको उद्घाटनसँगै सार्वजनिक लेखापरीक्षण समेत गरिएको छ । पुल निर्माणका लागि गाउँपालिका र उपभोक्ता समितिको बीचमा २०७९ साल वैशाख १५ गते निर्माण सम्झौता भएको थियो । पुल निर्माणको लागि कुल ३३ लाख ५९ हजार ८९ रुपैयाँ लागत अनुमान गरिएकोमा गाउँपालिकाले पुलको आवश्यक सामग्री (स्टिल पाट्र्स) कम लागतमा खरिद गरेको हुँदा पुल निर्माणमा यथार्थ खर्च भने ३२ लाख ५५ हजार चारसय ५९ रुपैयाँ भएको उपभोक्ता समितिले जनाएको छ । छिपछिपे गाउँको छिपछिपे खोलामाथि निर्माण भएको झोलुङ्गे पुलबाट १ सय ७५ घरधुरीका ८ सय ७८ जनसंख्या लाभान्वित भएका छन् । पुल निर्माण अवधिमा कुल ३५ सय २६ दिन रोजगारी सिर्जना भएकोमा पुरुष १७ सय ८४ र महिला ३ सय ७३ जनाले रोजगारी पाएका थिए । पुल निर्माण गर्न कुल लागतको केन्द्रीय अनुदान झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट २६ लाख ६३ हजार चारसय ८३ रुपैयाँ, मालिका गाउँपालिकाको चारलाख ३६ हजार छ सय ८१, लठ्ठासहित बुल्डग ग्रिप्स सहयोग एकलाख ९१ हजार सातसय ४२ र समुदायबाट सहयोग ६७ हजार एकसय ८१ रुपैयाँ लगानी भएको छ । ५८ मिटर लामो झोलुङ्गे पुलको हिँड्ने बाटो (चौडाई) १ मिटर ६ सेन्टिमिटर, खोलादेखि पुलसम्म फ्रिबोट (पुलको उचाई) ९ मिटर ३० सेमी, पुलको जाली १ मिटर १० सेमी रहेको छ भने एकपटकमा पुलको २५ सय टन भारवहन क्षमता रहेको छ । नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले दुर्गम गाउँवस्तीमा पालिकामार्फत पुल निर्माणमा जोड दिइएको बताउनुभयो । उहाँले नयाँ झोलुङ्गे पुल निर्माणले दुई गाउँवस्तीलाई आवतजावत गर्न सहयोग पुगेको भन्दै वर्षात्को समयमा पर्ने विपद्जन्य घटनाको समयमै वडामार्फत गाउँपालिकामा जानकारी गराउन स्थानीलाई सुझाव दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले निर्माणसम्पन्न पुलको रेखदेख गर्ने जिम्मेवारी स्थानीयको भएकाले योजनाहरु समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष बुद्धिसरा घर्तीमगरले झोलुङ्गे पुल निर्माणको आम्दानी खर्च प्रस्तुत गरेको कार्यक्रममा जग्गादाताद्वय नरविर गोतामे र तिर्खबहादुर गोताामेलाई सम्मान गरिएको थियो । पिटिएपि पोखराका प्राविधिक अधिकृत दयाराम साह र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले मन्तव्य व्यक्त गरेको पुल उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर घर्तीमगरको अध्यक्षता, सचिव हितमान घर्तीमगरको सञ्चालन र स्थानीय गोकुल घर्तीमगरको स्वागतमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP