शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न
धवलागिरी गाउँपालिकामा ९२ प्रतिशत योजना सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार २२, २०८०
बेनी । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धौलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ वटा योजनामध्ये बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिनुभयो । ‘एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ’, उनले भने, ‘ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नाप जाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।’ भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा बजेट विनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ । आव सकिन ११ दिन बाँकी रहँदा उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धवलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ वटा योजनामध्ये बिहीबारसम्म मुदी स्वास्थ्य चौकी ,मराङ वडा कार्यालय ,प्रशासनिक भवनको थप रकम ,मुदी खिबाङ सडक बाहेक सबैको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिनुभयो । ‘एक सय ३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ’, उहाँले भन्नुभयो , ‘ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नाप जाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।’ लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल ४७ करोड ४० लाख ७३ हजार आठ सय १९ रुपैयाँ बजेट विनियोजन भएकोमा बिहीबारसम्म ३३ करोड ४४ लाख ३५ हजार चार सय ५६ रुपैयाँ खर्च भइसकेको बताउनुभयो । ‘बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ’, उहाँले भन्नुभयो ,’बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हुँदासम्म वित्तीय प्रगति असी प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।’ पूर्वाधार विकास शीर्षकको १० करोड १० लाख ६१ हजार दुई सय ७७ रुपैयाँ मध्ये ५८ दशमलव ६४ प्रतिशत अथवा पाँच करोड ९२ लाख ६० हजार नौ सय ५९ रुपैयाँ खर्च भएको छ । यातायात पूर्वाधारमा चार करोड ४४ लाख ७१ हजार पाँच सय ५६ रुपैयाँ विनियोजन भएकोमा ६३ दशमलव ७७ प्रतिशत अथवा दुई करोड ८३ लाख ५० हजार ६७ रुपैयाँ खर्च भएको छ । पाँच करोड २३ लाख ८३ हजार सात सय २१ रुपैयाँ विनियोजन भएको भवन, आवास तथा सहरी विकास शीर्षकको ५४ दशमलव १२ अथवा दुई करोड ८३ लाख ५० हजार ६७ रुपैयाँ खर्च भएको छ । पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए । प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताउनुभयो। ‘दरवाङ–धारापानी सडक निर्माणका क्रममा बादिकाको उकालोमा यातायात अवरुद्धका साथै बर्सातका कारण ठूला आयोजना कार्यान्वयनमा समस्या भयो’, उहाँले भन्नुभयो , ‘जनप्रतिनिधि र कर्मचारीको सक्रियताका साथै गाउँपालिकाको कामलाई दिनरात नभनी प्राथमिकता दिएका कारण यो सफलता मिलेको हो ।’ गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताउनुभयो । ‘उपभोक्ता समितिलाई समयमै काम सम्पन्न गर्नुपर्छ भन्ने महसुस गराउन सक्यौं, उहाँहरूबाट पनि सहयोग पाइयो’, उहाँले भन्नुभयो, ‘विगतका वर्षमा भीडभाड हुने कार्यालय अहिले सुनसानजस्तै छ । हामी जनप्रतिनिधि र कर्मचारीले समयमै काम सकेकाले फुर्सदिला भएका छौँ ।’ यसअघिका वर्षमा सुरु भएका वडा नम्बर २ र ७ को कार्यालय, गुर्जा र मुना स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न गर्नुका साथै वडा नम्बर २ को खोरीया, लमसुङ, लुलाङ, वडा नम्बर ५ को मलम्पारमा सडक पुर्‍याउनु चालु आवको भौतिक तर्फको प्रमुख उपलब्धि भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । यसैगरी गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन, मराङमा वडा नम्बर ६ को कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ । गुर्जा, मल्कवाङ, भेडिखाल्टा र पन्थोकमा खानेपानी आयोजना निर्माण भएको छ । ताकममा निर्माणाधीन पाँच शय्या क्षमताको अस्पताल भवनका ठेकेदार काममा नफर्किँदा यस वर्ष प्रगति हुन सकेन । आगामी आवमा सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा गुर्जालाई सडक सञ्जालसँग जोड्न, यसअघि सुरु भएका आयोजनालाई पूर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरेको अध्यक्ष पुनले बताउनुभयो।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP