शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा
म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १५, २०७६
vallybal (1)

काठमाडौं,आइतबार मंसिर १५ गते । म्याग्दीकी अरुणा शाहीको कप्तानीमा नेपाल साग इतिहासमै पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले फाइनलमा स्थान बनाएको हो ।

शनिबार भएको खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि साग इतिहासमा महिला भलिबलको फाइनलमा स्थान बनाउन सकेको थिएन ।

श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको खेलमा नेपालले पहिलो सेटमा २५–१४ को जित निकालेको थियोे । त्यस्तै दोस्रो सेटमा २५–१८ को जित निकालेको नेपालले अन्तिम सेटमा मा २५–२१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

योसँगै श्रीलंका स्वर्ण जित्ने अवसरबाट वञ्चित भएको छ । यता जित निकालेको नेपालले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली महिला भलिबलको इतिहासमा भारतलाई हालसम्म हराउन सकेको छैन । समूह चरणको दोस्रो खेलमा पनि नेपाल भारतसँग सोझो सेटमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा भने बगलादेशलाई सोझो सेटमा पराजित गरेको थियोे । अब नेपालले फाइनलमा बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । baahrakhari


प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०६:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP