शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो
पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार २८, २०८०
358662677_598047989127959_8115234077707453548_n
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ । बुधबार राती परेको वर्षाका कारण ४२ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजनाको विद्युत् गृहको भवन र उपकरणहरू पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । मरेनीस्थित विद्युत् गृहभन्दा माथिको पाखोबाट बिहीबार बिहान १० बजेको समयमा खसेको पहिरोले विद्युत् गृहको भवन र विद्युतका उपकरणहरू पहिरोसँगै दरखोलामा मिसिएको वडाध्यक्ष अकप्रसाद विकले बताउनुभयो । वडाध्यक्ष विकले भन्नुभयो, ‘‘विद्युत गृहको भवन र उपकरण सबै पहिरोले दरखोलामा मिसाएको छ । एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालेका थियौँ । फेरि पहिरोले परियोजनामा ठुला क्षति पु¥यायो । गाउँमा बिजुली आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।’’ दुई वर्षअघि पनि परियोजनाको नहर, बाँध र विद्युत् गृह बाढीले बगाएको थियो । एक वर्षअघि मर्मत सम्भार गरेर गाउँमा बिजुली बालेका थियौँ वडा सदस्य फूलमाया बुढाथोकीले भन्नुभयो, “अहिले फेरि पहिरोले विद्युत् गृह बगाएपछि गाउँमा बिजुली आपूर्ति बन्द भएको छ ।“परियोजना पुनर्निर्माण गर्न तत्कालीन समयमा गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत १० लाख गरी २२ लाख रुपियाँमा परियोजना पुनर्निर्माण गरिएको थियो । २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र ८५ लाख ९७ हजार, जन श्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो । परियोजनाको विद्युत गृहमा क्षति पुगेपछि लुलाङ, खोरिया, मेरनी र लमसुङका तीन सय ७० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युत्बाट चल्ने उपकरणमा आधारित साना उद्योग प्रभावित हुने वडा अध्यक्ष विकले बताउनुभयो । केन्द्रीय विद्युत लाइन नपुगेको लुलाङमा लघु जलविद्युत परियोजनाबाट उत्पादित बिजुली उपभोग गर्दै आएका छन् । यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।gorkhapatraonline
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP