शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिर/भिडिओ)
म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार २८, २०८०
IMG_6312
बेनी। म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई विहिबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउँदै घोषणा गरिएको हो । ४५ वटा वडा, ६ वटा स्थानीय तहपछि जिल्ला खोप समन्वय समितिले बेनीमा समारोहको आयोजना गरेर पूर्णखोप सुनिश्चितताको घोषणा गरेको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सभा सदस्य हरि भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्मा लगायतले पूर्णखोप सुनिश्चिता दिगोपनालाई निरन्तरता दिने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । [embed]https://youtu.be/cghGVixKkXg[/embed] स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख निमित्त प्रमुख एकनारायण लम्सालले १५ महिना मुनीका एक हजार ७१२ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ महिना देखि ५ वर्ष मुनीका चार हजार ४२१ जना बालबालिकाहरुले पूर्णखोप लगाएका जानकारी दिनुभयो ।विभिन्न महामारीजन्य रोग लाग्न नदिन हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो । एक जनालाई खोप लगाउन सरकारको प्रतिव्यक्ति  ४० हजार रुपैयाँ लगानी हुने गरेको छ । म्याग्दी जिल्लाका लक्षित बालबालिकाहरुलाई पूर्ण खोप दिई सुनिश्चित गर्न वार्षिक करिब ७० लाख ८४ हजार रुपैयाँ लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा‍‍.बिनोद बिन्दु शर्माले बताउनुभयो । “समुदाय स्तरमा स्वास्थ्यकर्मीहरुको मेहनत र सरोकारवालाको सहयोगबाट गण्डकी प्रदेश स्वास्थ्यका सबै किसिमका सूचकमा अगाडी छ,” उहाँले भन्नुभयो “नेपालमा ५ वर्ष मुनीका बालबालिकाको मृत्युदर घटाउन खोप कार्यक्रमको महत्वपूर्ण योगदान छ ।”तत्कालिन सबै गाविसहरु पूर्ण खोप सुनिश्चिता भएपछि २०७१ चैत १५ गते म्याग्दीलाई मुलुककै छैठौँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जुग्जालीले विभिन्न रोग निवारणको लागि सरकारले खोपमा ठूलो लगानी गरेको बताउँदै हरेक बालबालिकाहरुलाई खोपको सुनिश्चिता गर्न स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘‘गण्डकी प्रदेश सरकारले समेत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ, स्वास्थ जनशक्ति भएमा मात्रै देश समृद्ध र विकसित हुन सम्भव छ,’’–उहाँले भन्नुभयो । मन्त्री जुग्जालीले स्वास्थ्य क्षेत्रमा हुने तालिम, गोष्ठि र सेमिनारहरुलाई व्यवहारिक बनाउनुपर्ने र आबश्यकता भन्दा बाहिर गएर फजुल खर्च गर्ने परम्परागत शैलिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।मन्त्री जुग्जालीले बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माणाधिन भवनलाई पूर्णता दिन उच्च स्तरबाट पहल गरिरहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुको मेहनतले सबै बालबालिकाहरुले खोप पाउने अवसरको सुनिश्चिता भएको बताउँदै खोप केन्द्रहरुमा भवन लगायतका पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसिराम पौडेल, नेपाली काँग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख रामबहादुर नेपाली, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले बालबालिकाहरुमा खोपको सुनिश्चिता गराउन स्वास्थ्यकर्मीको योगदान र भूमिकाको चर्चा गर्नुभएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका जिसस प्रमुख थापाको अध्यक्षता, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोखरेलले स्वागत र स्वास्थ्य कार्यालयका प्रमुख लम्सालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २३:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP