शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पहिलो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)
पहिलो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन १, २०८०
IMG_6521
गलेश्वर । प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले व्रतालु बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाका रूपमा मानिने भएकोले  पहिलो सोमबारका दिन विहानैदेखि भक्तजनको चहलपहल बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मलीले बताउनुभयो । उहाँका अनुसार म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत साथै कास्की, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट दर्शनका लागि भक्तजन आएको जानकारी दिनु भयो । गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्नका लागि हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका महिला तथा युवायुवतीहरु मन्दिरलाई पृष्टभूमी पारेर टिकटक सेल्फी र फोटो खिच्नका लागि उत्साहित देखिएका थिए । कालीगण्डकी नदीको किनारमा ९ रोपनी चट्टानमाथि रहेको गलेश्वर मन्दीरमा शिवको पुजा गर्न आउने भक्तजनलाई ब्यवस्थित रुपमा पुजा गराउन गलेश्वर क्षेत्र विकास कोष, स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत बिभिन्न सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर उपसमिति बनाइएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । ‘कालिगण्डकी नदीबाट पम्पिङ गरेर तानिएको पानिलाई २५ हजार लिटर क्षमताको ओभरहेड टंकीमा संकलन गरेर धारामा भक्तजनलाई स्नान गर्ने व्यवस्था मिलाइएको छ,’ उहाँले भन्नु भयो ‘मन्दिरमा दर्शनपछि एक सय ८ शिवलिङ्गमा जल र बेलपत्र चढाउनका लागि पनि भक्तजनहरु उत्साहसाथ सहभागी भएका छन ।’ हरेक वर्ष साउन महिनाको सोमबार तथा महाशिवरात्रि र बालाचतुर्दशीमा गलेश्वर शिव मन्दिरमा पुजाअर्चना र दर्शनका लागि  भक्तजनको भीड लाग्ने  गर्छ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP