शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बसपार्कमा निर्माण भएको टर्मिनल भवन उद्घाटन (फोटो फिचर)
बसपार्कमा निर्माण भएको टर्मिनल भवन उद्घाटन (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन ३, २०८०
IMG_6310
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलमा निर्माण भएको टर्मिनल भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको उक्त भवनको बुधबार एक कार्यक्रमबिच बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । टर्मिनल भवन निर्माण र बसपार्क ढलान गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले भवन निर्माण गरेर आयोजनालाई हस्तान्तरण गरेको थियो । आयोजनाले १७ बैशाखमा बेनी नगरपालिकालाई हस्तातरण गरेको हो ।टर्मिनल भवन निर्माण भएसंगै डेढ दशकपछि सदरमुकामस्थित कालीपुल बसपार्क सञ्चालनमा आएको हो । बसपार्कलाई सरसफाइ गरेर चिटिक्क पारिएको छ । सवारीसाधन व्यवस्थित रुपमा पार्किङ गरेर राखिएका छन् । बसपार्कमा टर्मिनल भवन,पार्किङ स्थल ,शौचालय, खाजाघर र प्रतीक्षालय लगायतका पूर्वाधार निर्माण भएपछि हिउँदमा धुलो, बर्खामा हिलो र अव्यवस्थित पार्किङको समस्या हटेको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो । विगत तीन वर्ष यता बसपार्कलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको थियो । काली गण्डकी नदी कटानको जोखिममा परेको बसपार्कको संरक्षणका लागि तटबन्धन निर्माण, बसपार्क कालोपत्रे, ट्याक्सी र बस पार्किङ स्थल ढलान गरेपछि धुलो र हिलोको समस्या हटेको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउन गुरुयोजना अनुसार बसपार्कमा करिब साढे दुई करोड रुपियाँ लागतमा टर्मिनल भवन निर्माण गरिएको थियो । अपाङ्गमैत्री रहेको टर्मिनल भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालय लगायतका पूर्वाधारहरु निर्माण गरिएका छन् । बसपार्क निर्माण गर्न २०७४ मा सहरी विकास मन्त्रालयले कालीपुल बसपार्क गुरुयोजना बनाउन २१ करोड रुपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको थियो । डिपिआर अनुसारको निर्माणकार्य अझै बाँकी रहेको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । पार्किङमा राखिने सवारी सधानलाई समयको आधारमा २५ देखि दुई सय रुपैयाँ प्रति गोटाका दरले शुल्क निर्धारण गरिएको छ । भवन परिसरमा सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । व्यवस्थित बसपार्क निर्माण भएपछि यातायात व्यवसायीलाई सहज भएको यातायात व्यवसायी लालबहादुर थापाले बताउनुभयो । २०६४ मा पर्वत र म्याग्दी जोड्ने काली गण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि कालीपुल बसपार्क सञ्चालनमा आएको थियो । बेनीदेखि काठमाडौं, पोखरालगायत देशका विभिन्न ठाउँ, मुस्ताङ, म्याग्दीको उत्तरी क्षेत्रमा छुट्ने गाडी र ट्याक्सी यहाँ पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । वडासदस्य यामबहादुर बानियाँले कार्यक्रमको संचालन गर्नुभएको थियो ।          
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP