शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  •  राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप
 राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ७, २०८०
IMG_0021
म्याग्दी ।नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहनुभएका पोलिट व्युरो सदस्य बस्नेतले विमानस्थलबाट अवैध रुपमा १ सय ५५ किलो सुन भित्रिनुमा अहिलेको सरकारको प्रत्यक्ष रुपमा संलग्नता रहेको दावी गर्नुभयो । उहाँले विदेशिएका युवाहरुले घर फर्किँदा आफूले कमाएको पैसाले दुईवटा मोबाइल ल्याउन नपाउने अवस्था रहेको बताउँदै अहिलेका गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा नेपालमा सुन भित्रिएको बताउनुभयो । उहाँले सेटिङमा सुन भित्रिएको दावी गर्दै अनुसन्धानलाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउनुभयो ।
एमाले पोलिट ब्यूरो सदस्य बस्नेतले आगामी चुनावदेखि एमालेले एक्लै चुनाव लड्न र कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह समेत गर्नुभएको छ । उहाँले चुनावमा मिलेका शक्तिले अन्तिममा आएर धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताउँदै एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्न नहुने बताउनुभयो । सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन नसकेको बताउँदै नेता बस्नेतले अहिले पनि राप्रपाले राजतन्त्रको प्रेत आत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको जिकिर गर्नुभयो ।
वर्तमान अवस्थामा नयाँ पार्टीहरु बोल्न सक्ने अवस्थामा नरहेको हुँदा उनीहरु बोलिहाले भने विवादमा पर्ने गरेको नेता बस्नेतको भनाइ छ । उहाँले देशलाई प्रतिशोधको दिशामा अगाडि बढाउन खोजिएको हुँदा भीम उपाध्याय जस्तो व्यक्तिहरु अदृश्य शक्तिबाट परिचालित भएको बताउनुभयो । उहाँले अब युवा संघलाई नयाँ र व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने भन्दै समुदायस्तमा रचनात्मक र सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवा संघका हरेक कमिटीहरुमा बौद्धिक सर्कल बनाउनुपर्ने बताउँदै साइबर सर्कललाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारीले एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था सकारात्मक रहेपनि अहिले त्यो अवस्था नरहेको बताउनुभयो । उहाँले आगामी २०८४ सालको निर्वाचनलाई अहिलेदेखि नै अर्जुनदृष्टि लगाएर युवा संघ अगाडि बढेको बताउँदै सोहीअनुसार युवा संघमा आबद्ध नेता, कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।  एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव महेन्द्र गुरुङले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष प्रंदीप तिलिजाको स्वागत र सचिव सुसन किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP