शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)
म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन १७, २०८०
IMG_6996
म्याग्दी । म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो । कर्तव्य ज्यान, जबरजस्ती करणी, डाँका चोरी, सवारी ज्यान, लगायतका विभिन्न कसुरमा जिल्ला अदालत, म्याग्दीबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बुधवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत जानकारी दिएको हो । [embed]https://youtu.be/UyoO8oosqBA[/embed] कसुरदारहरुलाई उल्लेखित मुद्दाहरुमा कुल एक सय ७ वर्ष ९ महिना २२ दिन कैद र ३५ लाख एक हजार नौं सय २२ रुपियाँ जरिवाना तोकिएको थियो । अपराध गरी समाजमा विभिन्न आवरणमा लुकिछिपी रहेका फरार व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालयले प्रभावकारी रुपमा सञ्चालन गरेकाले प्रहरीलाई सफलता प्राप्त भएको प्रनाउ कुँवरले जानकारी दिनुभयो । [embed]https://youtu.be/6VAUGdViN0c[/embed] जिल्ला प्रहरी कार्यालय म्याग्दीको नेतृत्व लिएपछि आफूले फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउने कामलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । यसैगरी, पाँच महिनाको अवधिमा लागू औषधका ६ वटा मुद्दा दर्ता र १२ जना लागूऔषध कारोवारी व्यक्तिहरु पक्राउ गरी आवश्यक कानुनी कारवाही गरिएको प्रहरीले जनाएको छ । [embed]https://www.tiktok.com/@myagdinews/video/7262668157825846530[/embed] [embed]https://www.tiktok.com/@myagdinews/video/7262669253831183618[/embed]
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP