शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • किर्ते गरी सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस
किर्ते गरी सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन १८, २०८०
sarswati
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्ता रकम किर्ते कागज गरी अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानविन समिति गठन गरेको थियो । गाउँ कार्यपालिकाका प्रवक्ता समेत रहनुभएका सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नम्बर १ का वडा सदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । असार २५ गतेबाट छानविन समितिले सामाजिक सुरक्षा भक्तामा वडा सचिबले अनियमितता गरेको प्रकरणमा आबश्यक छानविन गरेको र छानविनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाणहरु संकलन भएको छानविन समितिका संयोजक शेरपुञ्जाले जानकारी दिनुभयो । समितिले पीडित लाभग्राही, वडा कार्यालयका कागजात र सामाजिक सुरक्षा भत्ता वितरण हुने प्रभु बैँकको रघुगंगा शाखामा समेत गएर आबश्यक कागजात, तथ्य र प्रमाणहरुको आधारमा छानविन गरेको र ७० पृष्ठ लामो प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन बुधवारको कार्यपालिका बैठकमा पेश भएको थियो । कार्यपालिका बैठकले छानविन समितिको निष्कर्षका आधारमा वडा सचिब आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिस सहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । गाउँपालिका आफैलाई कर्मचारी बारबाही गर्ने अधिकार नभएकाले आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो । वडा सचिब आचार्यले सामाजिक सुरक्षा पाउने बेगका टिकामा पुर्जा, रमायाँ फगामी पुन, लालमायाँ फगामी पुन र विन्दु गर्वुजा गरि चार जना व्यक्तिहरुको भक्ता आफ्नै हस्ताक्षर र आफै लिखित र औँठा छाप लगाएर रकम लिएको कागजातले पुष्टि गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरि वडा सचिब आचार्यले मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भत्ता समेत आफैले झिक्ने गरेको भेटिएको थियो । वडा सचिब आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भक्ताको १ लाख ५४ हजार २० रुपैयाँ हिनामिना गरेको र गाउँपालिकामा लाभग्राहीका आफन्तले उजुरी गरेपनि आचार्यले उक्त रकम सम्बन्धित लाभग्राहीकै खातामा जम्मा गरिदिएको भेटिएको छानविन समितिले जनाएको छ ।वडा सचिबले सामाजिक सुरक्षा भत्ता अनियमिता गरेको उजुरी पछि आचार्यलाई वडा सचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराईएको थियो । लोकसेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाहि गर्ने अधिकार स्थानीय तहलाई नभएकाले आबश्यक छानविन गरेर कारबाहिको लागि सम्बन्धित निकायमा सिफारिस सहित पठाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।  
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २२:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP