शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  •  अनमोलको स्कुल 
 अनमोलको स्कुल 
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, साउन २०, २०८०
Chandra Baniya 50
म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमानसम्म गर्लान् । अर्थात डिलाघरे साहुको छोराछोरीको पनि छोरो होला भनेर अडकल काट्न सक्छन् । मैले कुरा गर्न खोजेको त्यही अनमोलको हो । अर्थात डिलाघरे साहुको साहिलो छोरातिरको जेठो नाति ।
डेरा बस्दा उससँग चिनाजानी भएको हो । चिनाजानी यति गहिरो मायामा फेरिएको थियो कि कुनै बेला मेरो अल्छी स्वभावका लागि गतिलो खुराक भएको थियो । मेरै काखमा जन्मेको भन्न मिल्ने अनमोल म उसको घरमा बस्दाबस्दै स्कुल जाने भयो । बेकामे म, उसलाई घरबाट स्कुल र स्कुलबाट घर ल्याउने काममा खटिएँ । कसैले खटाएको होइन, न म तलबी धरालो नै थिएँ । अभिभावकीय जिम्मेबारी पनि थिएन । तैपनि नियमितजस्तै बन्यो मेरो ड्युटी !
अनमोललाई दिनहुँ डोराएर स्कुल पु¥याउन थालेको झण्डै दुई बर्ष हुन थालेको थियो । पाँचवर्षको चिचिलो उमेर पनि पार नगरिसकेको अनमोल, नियमित स्कुल जानुपर्ने कामलाई वाहियात झन्झट ठान्नु स्वाभाविक थियो । सायद सबै केटाकेटीलाई त्यस्तै लाग्छ होला । कलेज पढ्दा आकस्मिक छुट्टी हुँदा आफैले पनि आनन्द र हाइसञ्चोको अनुभूति गरिन्थ्यो । स्वभावतः दिनदिनै स्कुल जानुपर्ने काम अनमोलको लागि झर्को लाग्दो रुटिन थियो । हरेक दिनजस्तो फकाई फुल्याई स्कुल पु¥याईदिनु पथ्र्यो ।
करबलले स्कुल जाने गर्दागर्दै पनि पढ्न लेख्नमा उसले गरेको प्रगति भने सन्तोषजनक मात्रै होईन निकै उत्साहजनक थियो भन्नु पर्छ । त्यसैले होला हामी अभिभावकहरुलाई विल्कुल झर्को झन्झट नमानिकन उसलाई नियमित रुपमा विद्यालय पठाउने उत्प्रेरणा मिलेको थियो । र नढाँटीकन भन्नुपर्दा त्यसरी बच्चालाई स्कुल पु¥याउने काम मेरो दैनिकी नै बनिसकेको थियो । काम विशेषले कहिले काँही यताउता जानुपर्दा के के बिर्से जस्तो के के छुटे जस्तो अनुभव हुने गथ्र्यो । अर्थात हरेक दिन बच्चाको स्कुले झोला, टिफिन बक्स र पानीको तुम्लेट बोकेर स्कुलसम्म जानुपर्ने मेरो ढल्कँदो उमेरको आदत नै बनिसकेको थियो ।
कुरो वि.सं. २०५८ सालको हो । शैक्षिक सत्रको सुरुमै मेरो त्यो रुटिनमा अकस्मात अवरोध आउला जस्तो भयो । अखिल क्रान्तिकारीको आव्हान र पहलमा जिल्लाभित्रका सबै बोर्डिङ स्कुलहरु बन्द हुने अप्रितिकर स्थिति सृजना भयो । प्राइभेट स्कुलहरु बन्द भै दिँदा स्वभावतः मेरो दुईबर्षदेखि लागेको आदत पनि छुट्ने नै भयो । आदतहरु बन्छन्, छुट्छन् । तैपनि लागिसकेको बानी छुटाउन निकै गाहारो हुन्छ । असजिलो हुन्छ । समय लाग्छ । वास्तवमा अनमोललाई दिनहुँ स्कुल पु¥याईदिनु पर्ने बाध्यता थिएन । घरमा अरुहरु पनि थिए । विहान बेलुका स्कूलको मूलढोकाको दर्शन गर्नुपर्ने मेरो आदत बसिसकेको थियो ।
अनमोललाई दिनहुँ स्कुल पु¥याउनुमा उसको पढाई लेखाई प्रति चिन्ता र चासो लिनै पर्ने उत्तरदायित्व वा बच्चाको भविष्य निर्माणको नैतिक भौतिक अभिभावकीय जिम्मेवारी भन्दा बढी मेरो आदत र लगावको परिणाम थियो त्यो । अनिवार्य कर्तव्य निर्वाहभन्दा बढी त्यो मेरो स्वेच्छिक सेवा थियो । सेवा पनि के भन्नु खोइ ? नियमित जस्तै बनेको त्यो मेरो स्वेच्छिक काम विशेष कर्तव्यभन्दा बढ्ता ममताबाट निर्देशित थियो । अभिप्रेरित थियो । तैपनि आदत जस्तै बनिसकेको काम अकस्मात रोक्नु पर्दा अलिकता असजिलो लाग्ने हुँदो रहेछ । त्यसमाथि लामो समयकोे निरन्तर र अथक परिश्रमबाट हात लागेको उपलब्धिको गतिमा अवरोध पुग्ने कुनै अप्रत्यासित खण्डखातिर नआईदिए हुन्थ्यो भन्ने भावना हृदयभित्र अव्यक्त रुपमा रहँदो रहेछ ।
मान्छे अति स्वार्थी हुन्छ । नीति, सिद्धान्त र व्यवहारहरुमध्ये कुनैले पनि आफ्नो स्वार्थमा धक्का नपु¥याई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्छ । म आफै पनि दुईखाले नागरिकहरु उत्पादन गर्ने विभेदकारी, अव्यवहारिक र अवैज्ञानिक शिक्षानीतिको सिद्धान्ततः विपक्षमा छु तैपनि बेनीका बोर्डिङ स्कुलहरु तत्काल बन्द नभैदिए जाती मान्ने मेरो मनस्थिति निर्माण भएको थियो भन्न लजाएँ भने त्यो घोर बेईमानी हुनेछ । खास कुरो के थियो भने मेरो अन्तर्मनमा अव्यक्त र सुषुप्त रुपमा अनमोलसँग यति चाँडै विछोड हुनु नपरे हुन्थ्यो भन्ने मनोविज्ञानले डेरा जमाई सकेको थियो  ।
पाँचोटा बर्षहरु पनि पूरा नगरेको बच्चोलाई कतै टाढाको विद्यालयमा बोर्डसर्् गरिदिँदा उसको उचित स्याहार सम्भार नपुग्ने होकि भनेर डर लाग्नु स्वाभाविक थियोे ।
सरकारी विद्यालयहरुमै भर्ना गरिदिनुको अर्थ अझै थप एक बर्ष बच्चाले हालसम्म गरेको प्रगतिलाई स्थगित गरिदिनु हुन्थ्यो । अर्थात बच्चाले विगत दुई बर्षे अवधिमा जे जति पढेलेखे, जानेबुझेको र सिकेको थियो त्यत्तिकै स्तरको पढाई त्यो उमेर र कक्षाको विद्यर्थीले सरकारी विद्यालयबाट अर्को थप दुई बर्षको अवधि पछि मात्रै जान्न सिक्न सक्ने आशा गर्न सकिन्थ्यो । त्यसैले बच्चाको पढाई लेखाईको निमित्त तुरुन्तै बोर्डिङ स्कुलहरु बन्द हुने सम्भावना कम रहेका कतै टाढाका शहर बजारतिर जानुपर्ने हुन्थ्यो ।
बच्चालाई स्कुलको जिम्मा दिन मनले नमानेपछि अभिभावकले समेत बसाई सर्नु पर्ने भो । कि त जे सुकै होस् भनेर सरकारी विद्यालयहरुमा भर्ना गरिदिनु पर्ने भो । सहरतिर जाँदा पनि बच्चाको पढाईमा भने व्यवधान आउने सम्भावना देखियो । किनकि शैक्षिकसत्र दुई महिना अगाडि नै सुरु भैसकेको हुनाले अपेक्षाकृत राम्रा भनिएका स्कुलहरुमा भर्ना पाउन सक्ने सम्भावना क्षीण रहन्थ्यो । बोर्डिङ स्कुलहरु बन्द हुँदा व्यक्तिगत हिसाबले मलाई कुनै किसिमको मर्का असुविधा नपर्नु पर्ने हो तापनि स्वेच्छिक रुपमा एउटा बच्चाको अभिभावकत्व निभाउँदै आएको मैले पनि हठात निजी बोर्डिङ स्कुलहरु बन्द भैदिँदा अभिभावकहरुलाई पर्न आउने असजिलो र मर्काको प्रत्यक्ष अनुभव अनुभूति गर्ने अवसर पाएको थिएँ ।
सायद मेरो अनुभव अनुभूतिभित्र माया, ममता र मुलाहिजारुपी स्वार्थ लुकेको थियो होला । कर्तव्यभन्दा ममताको अंश मेरो भावनामा निश्चयनै बढी थियो होला । आफ्नै छोराछोरीहरु बोर्डिङमा पढाउने अभिभावकहरुमा त माया ममता मात्रै होईन आर्थिक सामाजिक समस्याहरु पनि रहनु स्वाभाविकै हो । त्यसैले होला, अभिभावकहरु सबै मिलेर बोर्डिङ सञ्चालकहरुलाई तत्काल स्कुल बन्द नगरिदिन दवाव दिने र बन्द गराउन चाहने पक्षसँग स्वयं आफैले वार्ता गर्ने पहल गरे होलान् ।
आफ्ना बालबालिकाहरुले राम्रो शिक्षादीक्षा पाउन् र भविष्यमा गरिखान सक्ने सुयोग्य नागरिक बनुन् भन्ने आकांक्षा सबै अभिभावकहरुले राख्छन् । विद्यमान शिक्षाप्रणाली बैज्ञानिक र व्यवहारिक दुबै छैन । क्याम्पस तहको उच्च शिक्षा हासिल गरेपछि विद्यार्थीले डिग्री त पाउँछ तर व्यवसायिक गुण सीप प्राप्त गर्दैन भन्ने कुराको उदाहरण खोज्न अन्त भौतारिन पर्दैनथ्यो । आफैलाई हेरे पुग्थ्यो । शिक्षित तर अकुशल नागरिक उत्पादनमा लगानी गर्नु पूँजीको दुरुपयोग हो । वास्तवमा शिक्षामा हुनेगरेको लगानी नेपालको सन्दर्भमा अनुत्पादक हुने गरेको छ भन्नु अतिशयोक्ति ठहर्दैन ।
त्यसमाथि निजी बोर्डिङ स्कुलमा दिईने शिक्षाको गुणस्तर सरकारी स्कुलकोभन्दा अपेक्षाकृत राम्रो भैदिनु तल्लोवर्गका लागि अभिशाप भएको छ । हुनेखानेहरुलाई त के भो र ? अलिकता खर्च बढी लाग्ने न हो । अतिरिक्त खर्च जुटाउन नसक्नेहरुका लागि बच्चाबच्चीको शिक्षा बोक्न नसकिने भारी बनेको छ ।
बोर्डिङस्कुलहरु महँगा भैदिनाले सबैको पहुँचभन्दा टाढाको विषय बन्ने नै भए । तैपनि बच्चाबच्चीहरुलाई सकिनसकी बोर्डिङ स्कुलहरुमा पठाउनु पर्ने वाध्यात्मक अवस्था उत्पन्न हुन गएको छ । अभिभावकको चाहना त बच्चा बच्चीहरुलाई असल शिक्षा दिनु मात्र हो । मिठो भात खानखोज्ने हो राम्रो गुणस्तरको चामलको जोहो गर्नसक्नुपर्छ भन्ने कुरा सबैलाई जानकारी हुन्छ । मिठो भात खान रहर लाग्दा सहँगो महँगो जस्तो भएपनि बजारमा उपलब्ध हुनेमध्येको राम्रो ठानिएको चामल खरिद गर्न उपभोक्ताहरु बाध्य हुन्छन् । बोर्डिङमा छोराछोरी पढाउन खोज्ने अभिभावकको नियति पनि दुरुस्त त्यस्तै हुन्छ ।
एउटा लोकोक्ति छ ‘ढुङ्गा खोज्दा देवता मिल्छ’ । स्कुल बन्द हुने हल्लाले बजारमा कोलाहल मच्चिएको थियो भन्दा फरक पर्दैनथ्यो । तैपनि कुनै उपाय निस्किहाल्छ कि भनेर टाँठाबाठा अभिभावकहरुले ताउर माउर गर्दै थिए । हुन पनि अखिल क्रान्तिकारीका प्रतिनिधिहरुसँग अभिभावक प्रतिनिधिहरुले २०५८÷४÷२ गते दिन गर्न सफल भएको सहमतिले बजारलाई अलिकता राहत दियो । अभिभावकहरुको भित्री चाहना कमसेकम चालु शैक्षिक सत्रको पढाई नखलबलियोस् भन्ने थियो । अर्थात बोर्डिङहरु कमसे कम यो बर्ष चलिदिए अर्को बर्ष बेलैमा बच्चा बच्चीको पढाई लेखाईको प्रबन्ध गर्न सकिएला भन्ने थियो । तर त्यो दिन भएको चारबुँदे सहमतिले बेनीबजारका बोर्डिङहरु अपेक्षागरे भन्दा बढी समयसम्म यथावत चालु रहनसक्ने सम्भावना प्रबल बन्यो ।
सहमतिमा विकल्प तयार नभएसम्म बोर्डिङहरु बन्द नगर्ने कुरा उल्लेख थियो । विकल्प कति समयभित्र तयार गरिसक्नु पर्ने हो भन्ने कुरा किटान गरिएको थिएन । दोश्रो कुरा विकल्पका रुपमा बेनी प्राविलाई अपग्रेड गर्ने र प्रकाश माविको भौतिक क्षमता बढाउने कुरा उल्ल्ेख थियो । तेश्रो र सबभन्दा महत्वपूर्ण कुरा विकल्प तयारगर्ने जिम्मेवारी स्वयंम् अखिल क्रान्तिकारीको समेत रहेको कुरा उल्लेख थियो ।
सम्झौताहरु पालना गर्नका निमित्त गरिएका हुन्छन् । तोडिनाका निमित्त होईन । अर्थात सहमति पालना गर्ने जिम्मेवारी सहमति गर्ने सबै पक्षको हो । उक्त सहमतिमा उल्ल्ेख भएको विकल्प तयार गर्न एकबर्षको अवधि पर्याप्त हुन्छ भन्न सकिदैनथ्यो ।
काम गर्दैजाँदा त्योभन्दा बढी समय लाग्न सक्थ्यो । विकल्प तयारै भए पनि कुनै पनि शैक्षिकसत्रको बिचमा बोर्डिङहरु बन्द नगर्ने थप सहमति भएको थियो । त्यस्ौले सबै पक्षले ईमान्दारीपूर्वक सहमति पालना गर्ने र विकल्प तयार गर्ने अभियानमा लााग्दा पनि कमसेकम दुईवटा शैक्षिक सत्र बेनीका बोर्डिङहरुले निरन्तरता पाउने अवस्था आउन सक्तथ्यो । मलाई ढुक्क बनाउने कुरा के थियो भने त्यो वर्ष मात्र होइन कमसेकम अर्को एउटा बर्ष अनमोल निर्विघ्नतापूर्वक बेनीकै बोर्डिङमा नियमित आउजाउ गर्न पाउने भएको थियो । र मैले पनि अझै १÷२ बर्ष बोर्डिङ स्कुलको झोला बोक्न पाउने भएको थिएँ ।
बेनीका बोर्डिङ्स्कुल चलिरहेकै थिए । अनमोल स्कुल आउजाउ गर्दैथियो । झोला बोक्ने मेरो काम पनि यथावत थियो । दुर्भाग्यबस अप्रत्याशित रुपमा मेरो बास खबराको कारागारतिर हुन गयो । बन्दीप्रत्यक्षीकरणको सहारामा कारामुक्त भएपछि ज्यान जोगाउन बेनीबाट पलायन हुनुप¥यो । मलाई पछ्याउँदै अनमोल पनि काठमाडौंमा पुग्यो । बेनी फर्कने सम्भावना ट¥यो । पुरानो धन्दा उतै स¥यो । पूरापूर पाँचवटा वर्ष माउन्ट बोर्डिङ स्कुलको झोला बोकिएछ । समय बितेको पत्तै नहुँदो रहेछ । आकस्मिक अवरोध उत्पन्न नभैदिएका भए सायद, आजसम्म पनि बेनीमै भइन्थ्यो कि ? मालिका प्रेस साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP